ग्रामीण विकास बैंकले कार्यक्षेत्र विस्तार गर्दे, नाम पनि परिवर्तन गर्ने

Jan 13, 2018 merolagani

नेपाल ग्रामीण विकास बैंक (NGBBL) ले आफ्नो कार्यक्षेत्र विस्तारका साथै बैंकको नाम परिवर्तन गर्ने भएको छ । पौष २८ गते बुटवलमा सम्पन्न साधारणसभाले यस्तो प्रस्ताव पारित गरेको हो । केही समय अगाडि एफपीओ बिक्री गरेको बैंकले कुनै लाभांस प्रस्ताव विना साधारणसभा बोलाएको थियो ।

 

साधारण सभाले संस्थाको नाम परिवर्तन लगायत प्रबन्धपत्र तथा नियमावलीका विभिन्न दफा, उपदफा संशोेधनको विषेश प्रस्ताव समेत पारित गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले जानकारी दिए ।

साथै कार्कीले मर्जर पश्चात बैंकको समग्र वित्तीय अवस्थामा उल्लेखनिय सुधार भईरहेको र आगामी दिनमा कार्यक्रम नपुगेका थप जिल्लाहरुमा नियमन व्यवस्था अनुरुप शाखा स्थापना गरी आफ्नो सेवा तथा कार्यक्रम विस्तार गर्ने बताए ।

साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७३/०७४ को लेखा परिक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह तथा अन्य वित्तीय विवरण पारित गरेको छ ।

यस राष्ट्रिय स्तरको लघुवित्त विकास बैंकमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक, अन्य बैंक तथा वित्तीय संस्थाहरु एवं सर्वसाधारणहरुको शेयर स्वामित्व रहेको छ ।

बैंकले गत भदौ २७ देखि भदौ ३० गतेसम्म ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता एफपीओ बिक्री गरेको थियो । एफपीओ बिक्रीपछि बैंकको चुक्ता पुँजी ६५ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

बैंकले लक्षित वर्गका महिला सदस्यहरुलाई समूहमा आवद्ध गराई लघु व्यवसाय तथा लघुउद्यम परियोजनाहरु सञ्चालन गरी स्व–रोजगारीको अवसर सृजना गर्न विना धितो सामूहिक जमानीमा लघु कर्जा प्रदान गर्दै आइरहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।