जेबिल्स् फाइनान्सले घोषणा गर्यो बोनस

Jan 14, 2018 Merolagani

जेबिल्स् फाइनान्स (JEFL)  ले गत आर्थिक बर्षको नाफाबाट बोनस घोषणा गरेको छ । फाइनान्सकाे शुक्रबार सम्पन्न सञ्चालक समितिकाे बैठकले सेयरधनीलार्इ असार मसान्तमा कायम पूँजीकाे १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल फाइनान्सले विक्री गरेकाे शतप्रतिशत हकप्रद र त्यसपछि कायम हुने पूँजीकाे ४० प्रतिशत हकप्रदपछि कायम हुने पूँजी ८० कराेड ९० लाख ७७ हजार पाँच सय रूपैयाँलार्इ हिसाब गर्दा बाेनसदर समायाेजन भर्इ  ३.५७ प्रतिशत हुने फाइनान्सले जनाएकाे छ ।

फाइनान्स कम्पनीले असोज १ गतेदेखि कात्तिक २० गतेसम्म शतप्रतिशत बराबरकाे २८ लाख ८९ हजार ५६२ दशमलव ५० कित्ता हकप्रद विक्री गरेकाे थियाे भने हकप्रदपश्चात कायम चुक्त्ता पूँजी ५७ कराेड ७९ लाख १२ हजार पाँच सय रूपैयाँकाे ४० प्रतिशत थप हकप्रद विक्री गर्ने प्रकृयामा रहेकाे छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

फाइनान्सले गत अावमा  तीन कराेड ६२ लाख ७१ हजार रूपैयाँ मुनाफामध्ये दुर्इ कराेड ८८ लाख ९५ हजार ६३५ रूपैयाँकाे बाेनस तथा बाेनसमा लाग्ने कर तिर्न १५ लाख २० हजार ८२२ रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे । प्रस्तावित  बाेनस राष्ट्र बैंककाे स्विकृती पश्चात कम्पनीकाे साधारण सभाले अनुमाेदन गरेपछि सेयरधनीलार्इ वितरण हुनेछ ।

कम्पनीले माघ ७ गतेदेखि तीन लाख ७२ हजार कित्ता सेयर लिलामी गर्देछ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।