मन्जुश्री फाइनान्सले चुक्ता पूँजी पुग्नेगरि गर्यो बोनस घोषणा

Jan 14, 2018 Merolagani

मन्जुश्री फाइनान्स (MFIL) ले गत आर्थिक बर्षको कमाईबाट राष्ट्र बैकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम हुनेगरि बोनस वितरण गरेकाे छ । फाइनान्सको पुस २८ गते शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले बाेनस र हकप्रदपछि पूँजी पूग्नेगरि बाेनस वितरण गर्ने निर्णय गरेको हो ।

फाइनान्स कम्पनीले यसअघि जारी गरेको १७५% हकप्रदपछि कायम चुक्ता पूँजी ७२ करोड ४३ लाख ७८ हजार पाँच सय रुपैयाँको ६ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

फाइनान्सले गत बर्ष १४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

गत अार्थिक बर्षमा ६ करोड ४२ लाख खुद नाफा कमाएको फाइनान्सले चार करोड ३४ लाख ६२ हजार सात सय रुपैयाँको बोनस वितरण गर्न लागेको हो । प्रस्तावित बोनस राष्ट्र बैंक र फाइनान्सको बार्षिक साधारणसभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण हुनेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन बोनसले मात्र संम्भव नभएपछि फाइनान्सले यस अघि नै ५ प्रतिशत हकप्रद बिक्रि गर्ने निर्णय गरेर धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । बोनस र हकप्रदपछि फाइनान्सको चुक्ता पूँजी ८० करोड ४० लाख ६० हजार दुई सय रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा मञ्जुश्रीले ६६ लाख १३ हजार खुद नाफा कमाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।