श्री इन्भेष्टमेन्टको ८३ प्रतिशत हकप्रदपछि सेयरमूल्य समायोजन

Jan 14, 2018 Merolagani

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स (SFIC) को ८३ प्रतिशत हकप्रदपछि सेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जले फाइनान्स कम्पनीले जारी गर्न लागेको हकप्रदलाई समायोजन गरि मूल्य निर्धारण गरेको हो ।

नेप्सेले ८३ प्रतिशत हकप्रदपछि फाइनान्स कम्पनीको प्रतिकित्ता सेयरमूल्य २५६ रुपैयाँ निर्धारण गरेको छ । यहि मूल्यलाई आधार मानि आइतबार कम्पनीको सेयर कारोबार सूचारु भएको हो । फाइनान्सको औसत आधार मूल्य ३०१ रुपैयाँँ रहेको छ ।

फाइनान्सले १० बराबर ८ दशमलव ३ कित्ता अनुपातमा माघ १५ गतेदेखि सिद्धार्थ क्यापिटल मार्फत एक सय रुपैयाँ अंकित दरका २८ लाख ६७ हजार २२५ दशमलव ६२ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

पुस २६ गतेसम्म कायम सेयरधनीले फाइनान्सको हकप्रदमा आस्वा सदस्यमा सहभधागि बैंक तथा वित्तीय संस्थाका साथै बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नक्साल तथा श्री इन्भेष्टमेन्ट फाइनान्सको केन्द्रीय कार्यालय डिल्लीबजार र अन्य सबै शाखाबाट फागुन २० गतेसम्म आवेदन गर्न सक्नेछन् ।

३४ करोड ५४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको हकप्रद बिक्रीपछि ६३ करोड २१ लाख रुपैयाँ पुग्नेछ । चालु आवको पहिलो त्रैमासमा फाइनान्सले एक करोड २३ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६१ पैसा कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।