जेबिल्स् फाइनान्सको तीन लाख ७२ हजार कित्ता सेयर लिलामीमा

Jan 14, 2018 Merolagani

जेबिल्स् फाइनान्स (JEFL) ले तीन लाख ७२ हजार ४२७ दशमलव ५० कित्ता सेयर माघ ७ गतेदेखि माघ लिलामी गर्ने भएको छ । फाइनान्स कम्पनीले असोज १ गतेदेखि कात्तिक २० गतेसम्म शतप्रतिशत (२८ लाख ८९ हजार ५६२ दशमलव ५० कित्ता) हकप्रद जारी गर्दा अवितरित भएको दुई लाख ९८ हजार २०६ दशमलव ८७ कित्ता संस्थापक र ७४ हजार २२०दशमलव ६३ कित्ता सर्वसाधारण समूहतर्फको सेयर लिलाम बढाबढमा विक्री गर्न लागेको हो ।

फाइनान्सको सेयर विक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । इच्छुक लागनीकर्ताले बिक्री प्रबन्धकको कार्यालय कमलपोखरी सनराइज बैंकको शाखाहरु विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट माघ १४ गतेसम्ममा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

आवेदन गर्दा न्यूनतम एक सय कित्ता वा सो भन्दा बढी सबै कित्ताका लागि एक सय रुपैयाँ भन्दा बढी मूल्यमा बोलपत्र पेश गर्नुपर्नेछ । सबै संकलन केन्द्रबाट क्यापिटलमा बोलपत्र आवेदन प्राप्त भएपछि बोलपत्र खुला गरिने समय र स्थानको जानकारी दिईने उल्लेख छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

जेबिल्सले  आईतबार मात्र गत आवको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । लिलामी सकार्नेले समेत बाेनस पाउनेछन् । 

कम्पनीले चालू आवको प्रथम त्रैमासमा रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५५ पैसा कायम गरेको छ । फाइनान्सको प्रतिकित्ता सेयरमूल्य आईतबार १३४ रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।