झण्डै ७१ करोड कमाएको महालक्ष्मीले बोनस नदिने,९ प्रतिशत नगद प्रस्ताव

Jan 14, 2018 merolagani

गत आर्थिक बर्षमा राष्ट्रियस्तरका विकास बैंकहरुमध्ये सर्वाधिक मुनाफा कमाएको महालक्ष्मी विकास बैंक (MLBL) ले आफ्ना सेयरधनीहरुलाई बोनस नदिने भएको छ । यति डेभलपमेन्ट बैंकलाई गाभेर राष्ट्र बैंकले तोकेको भन्दा बढी चुक्ता पूँजी पुर्याएको महालक्ष्मीले नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको छ ।

 

बैंक सञ्चालक समितिको पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले गत बर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जस अनुसार बैंकका सेयरधनीले एक कित्ता सेयर बराबर ९ रुपैयाँ नगद लाभांश पाउनेछन् ।

बैंकले गत आर्थिक बर्षमा ७० करोड ९१ लाख खुद नाफा कमाएको थियो ।

यती डेभलपमेन्ट बैंकलाइ गाभेको महालक्ष्मी विकास बैंक बैंकको चुक्ता पूँजी दुई अर्ब ६३ करोड पुगिसकेको छ । जसको जगेडाकोषमा १ अर्ब ९ करोड रहेको छ । राष्ट्र बैकका अनुसार राष्ट्रियस्तरका विकास बैंकले दुई अर्ब ५० करोड चुक्ता पूँजी पुर्याउनु पर्ने हुन्छ ।

चालु आर्थिक बर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्ममा भने बैंकको सञ्चालन मुनाफा २ करोड ४५ लाख ऋणात्मक रहेको छ भने सो अवधिमा बैंकले ५ करोड ६३ लाख रुपैया खुद नाफा आर्जन गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।