पुस मसान्त र प्राथमिक निष्कासनको प्रभाव सेयरवजारमा

Jan 14, 2018 merolagani

दोस्रो त्रैमासको वित्तीय विवरणको पर्खाइमा लगानीकर्ता
चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अन्तिम दिनको सेयरबजारमा नेप्से तथा कारोबार रकम दुवैमा गिरावट आएको छ । कारोबारमा आएका अधिकांस समूह ओरालो लागेपछि नेप्से सूचक झण्डै दोहोरो अंकले घटेको छ भने अघिल्लो कारोबारको तुलनामा कारोबार रकममा पाँच करोडले कमी आएको छ ।

आइतबार नेप्से ९.१९ अंकले घटेर १४३१.१० अंकमा झरेको छ। १५२ कम्पनीका ६ लाख ७० हजार कित्ता शेयर ३२ करोड रुपैयाँमा कारोबार भएको छ । कारोबा रकम अघिल्लो कारोबार अर्थात गत बुधबारको तुलनामा ५ करोड कम हो । बुधबार ३७ करोड रुपैयाँको कारोबार भएको थियो।

बजारमा दिनप्रतिदिन सेयरको आपूर्ति बढ्दै जाँदा पनि बजारले गति लिन सेकको छैन । अघिल्लो साता मात्र नेप्सेमा ३७ लाख बढी कित्ता सेयर थपिएको थियो । अझै गतबर्षको बोनस तथा हकप्रद सेयरहरु समेत थपिने क्रममा रहेको छ ।

यहि समयमा केही कम्पनीहरुले प्राथमिक निष्कासन गरेका छन् । ती कम्प्नीहरुमा पनि लगानीकर्ताको ठूलो रकम गएको छ । यसअघि पुष महिनामै निष्कासन भएको राधी विद्युत, उन्नत्ती माइक्रोफाइनान्सको आइपीओ तथा प्रिमियर इन्स्योरेन्सको एफपीओमा लगानीकर्ताको ठुलै रकम होल्ड भएको छ । त्यसैगरी एनआइसि एसिया बैंकले बिक्री गरेको तीन अर्बको ऋणपत्रमा पनि दोस्रो बजारको रकम लगानी हुँदा पनि दोस्रो बजारको कारोबार कम भएको देखिन्छ ।

साथै केही म्युचुअल फण्डहरु पनि बजारमा आउने तयारीमा रहेका छन् । माघ २ गतेबाट मात्रै एक अर्ब रुपैयाँ बराबरको एनआइसि एशिया ग्रोथ फण्डको बिक्री खुल्दैछ । त्यस्तै माघ ९ गतेबाट सामुदायिक लघुवित्तको आइपीओ खुल्दैछ । प्राथमिक बजारका लागि पनि लगानीकर्ताले रकमको जोहो गर्दा कारोबारमा कमी आएको देखिन्छ ।

त्यस्तै हालसालै खुलिरहेका हकप्रद तथा लिलामीबजारमा पनि लगानीकर्ताको रकम उत्तिकै मात्रमा परिचालन हुने हुँदा दोस्रोबजारको कारोबारमा उत्साह कमी देखिएको छ ।

यसदिन कारोबार आएका नौ समुहमध्ये समूह मात्र बढेका छन् । वाणिज्य बैंक ८.८, होटल २५.९८, विकास बैंक २०.७९, फाइनान्स ९.७६, बीमा ९७.७९, उत्पादन मुलक ४८.५१ र लघुवित्त २६.३ अंकले घटेका छन्। जलाबिद्युत ५५.३७ र अन्य ३.६६ अंकले बढेका छन्। 

पुस मसान्तमा सेयर कारोबारमा कमी आउँदा लगानीकर्ता अबको ध्यान कम्पनीहरुले प्रकाशीत गर्ने दोस्रो त्रैमासको वित्तीय विवरण तर्फ पुगेको छ । माघ महिना लागेपछि कम्पनीहरुले दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्न थाल्नेछन् ।

सबैभन्दा बढी फरवार्ड माइक्रोफाइनान्सको एक करोड ९३ लाख रुपैयाँको कारोबार भएको थियो।
इसदिन चिलिमे जलबिद्युत कम्पनीको शेयरमूल्य सबैभन्दा बढी करिब सात प्रतिशत बढेको छ । सेन्ट्रल फाइनान्सका शेयरधनीले करिब सात प्रतिशत गुमाए।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।