बैंकले साधारण सभा प्रयोजनका लागि पौष १६ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । पौष १५ गतेसम्म कायम सेयरधनीले बैकले बोनस शेयर पाउने छन ।
ज्योतिको चुक्ता पूँजी २ अर्ब २० करोड छ । राप्तीभेरीलाई प्राप्ति गरेको ज्योति विकास बैंकले गत कात्तिक ८ गतेबाट एकिकृत कारोबार थालेको थियो । क्षेत्रिय स्तरको राप्तीभेरी विकास बैंकलाई प्राप्ति गरेको बैंकको चुक्तापूँजी दुई अर्ब ३६ करोड पुगेकोे छ । दुई बैंकको बोनस वितरणपश्चात राप्तीभेरीलाई प्राप्ति गरेको ज्योति विकास बैंकको चुक्तापूँजी झण्डै २ अर्ब ६० करोड पुग्नेछ ।
बैंकले आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथ एबिबिएस सेवा समेत उपलब्ध गराएको छ । साविक राप्तीभेरी विकास बैंकलाई प्राप्ति गरे पश्चात एवं ११ वटा नयाँ शाखा संचालनमा ल्याए पछि शाखा संजाल ४९ वटा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ ।