सनराइज बैंकको मुद्धति योजनामा जति धेरै समय बचत त्यती धेरै व्याजदर

Jan 15, 2018 Merolagani

कर्जायाेग्य लगानी रकम अभाव हुन थालेपछि बैंकहरूले निक्षेपमा प्रदान गरिने व्याजदर बढाउन लागेका छन् । यसै क्रममा सनराइज बैंक (SRBL) ले माघ १ गतेदेखि लागू हुनेगरि मुद्धति बचत खातामा प्रदान गर्ने व्याजदर वृद्धि गरेको छ । बैंकले ९ दशमलव ५ प्रतिशतदेखि ११ प्रतिशतसम्म व्याज प्रदान गर्नेगरि नयाँ व्याजदर सार्वजनिक गरेको छ ।

बैंकले व्यक्तिगत निक्षेप अन्तगर्त न्यूनतम तीन महिनाको मुद्धत्ति निक्षेपमा ९.५० प्रतिशत, तीनदेखि छ महिना अवधिको मुचति बचतमा १० प्रतिशत, र छ महिनादेखि एक बर्षसम्मको अवधिमा १०.५० प्रतिशत व्याजदर प्रदान गर्ने भएको हो । एक बर्ष वा सो भन्दा बढी अवधिको व्यक्तिगत बचतमा ११ प्रतिशतसम्म व्याजदर प्रदान गर्नेछ । 

त्यस्तै तीन महिना अवधिको संस्थागत मुद्धति बचतमा ९ प्रतिशत, ३ देखि ६ महिना अवधिको मुद्धति बचतमा ९.५० प्रतिशत, र ६ महिनादेखि एक बर्षसम्मको अवधिमा १० प्रतिशत व्याजदर प्रदान गर्ने भएको छ । एक बर्ष वा सो भन्दा बढी अवधिको संस्थागत मुद्धति बचतकर्ताले १० प्रतिशतसम्म व्याजदर प्राप्त गर्नसक्ने बैंकले जनाएको छ ।

बैंकको यस बचत योजना अन्तर्गत नयाँ तथा पूराना सम्पूर्ण ग्राहकलाई जति लामो समय मौज्दात जम्मा गरिन्छ त्यसअनुसार व्याजदर प्राप्त गर्नसक्ने बैंकले जनाएको छ । यसरी प्रदान गरिने व्याजदर तीन तीन महिनामा प्रदान गरिने बैंकले जनाएको छ । 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।