काल्र्सवर्गले मनायो लिभरपुल फुटबल क्लबसँगको २५ औं वार्षिकोत्सव

Jan 15, 2018 Merolagani

काल्र्सवर्गले फुटबल क्लव लिभरपुलसँगको सहकार्यको २५ औं वार्षिकोत्सव मनाएको छ । आइतबार नेपालमा पनि एक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाइएको छ । २५ वर्षे सहकार्यको उत्सव मनाउनका लागि काल्सर्सवर्गले द रेड हप्, लिमिटेड–एडिशन बोटल उत्पादन गरेको थियो ।

लिभरपुल फुटबल क्लवको २५ वर्ष लामो यात्रामा सहभागि प्रसंशकहरुलाई समेट्ने शैलीमा लिमिटेड एडिसनको वियर उत्पादन गरिएको गेर्खा ब्रुअरीले जनाएको छ ।

काल्र्सवर्गको कोपनहेगनमा अवस्थित अनुसन्धान प्रयोगशालाका वैज्ञानिकहरुले विशेष रेड हब् बिरुवाको उत्पादन गरेर त्यसलाई लिभरपुल एफसीको २५ वर्षको फुटेज् अवलोकन गरी समान किसिमको उत्पाद न तयार गरेका थिए ।
काठमाण्डौंमा आयोजित कार्यक्रममा गोर्खा बु्रअरीका उप प्रबन्ध निर्देशक सुरेन्द्र सिल्वालले लिमिटेड–एडिशन बियरको बारेमा भने, “हामी लिभरपुल क्लबसँगको सम्बन्धलाई अझ गहिरो बनाउन प्रयास गरिरहेका छौं । अक्टोबरमा लन्च गरिएको विशेष बियरमा काल्र्सवर्गको अनुसन्धान प्रयोगशालाका वैज्ञानिकहरुले लिभरपुलको फुटेज् प्रयोग गरी विशेषरुपमा उत्पादन गरेका हब् प्रयोग गरी बनाइएको हो । २५ वर्षको म्याचहरुको दृश्य र ध्वनीबाट प्रभावित भएको यो हब्को अवधारणा साँच्चै नै अद्वितीय छ ।”

बु्रउरीको कोपनहेगन ग्रीनहाउसमा ३ दशकदेखि प्रदर्शन गरिरहेको लिभरपुलको म्याचको पावरफुल साउण्ड सिस्टम र ३६० डिग्रीको भिडियो स्क्रीनले अद्वितीय उत्पादन प्रक्रीया सम्भव भएको कम्पनीको भनाई छ । काल्र्सवर्ग र लिभरपुल एफसी आफ्ना समर्पित प्रशंसकहरुलाई क्लबको २५ वर्षको जित र हारको ऐतिहासिक धरोहरको स्वाद दिने चाहनालाई पूरा गर्न ६ महिना पछि रेड हप्सलाई विशेष काल्र्सवर्ग लिभरपुल एफसी बियर ब्रु गर्नको लागि संकलन गरिएको थियो ।

गोर्खा बु्रअरीका बजार निर्देशक वैभव शर्माका अनुसार काल्र्सवर्ग र लिभरपुल फुटबल क्लबको सम्बन्ध खेलकुद जगतको साझेदारी मध्येकै सबैभन्दा लामो साझेदारी हो । ‘हाम्रो २५ वर्षभन्दा लामो इतिहासको यो साझेदारीमा हामी ज्यादै गौरवान्वित छौं । आफ्ना लिभरपुल एफसीका प्रशंसकहरुलाई केही विशेष दिनको लागि काल्र्सवर्गले क्लब जस्तै नै उत्कृष्ट बियरको सृजना गरेको हो ।’ शर्माले भने ।

कार्यक्रममा लिभरपुलका समर्पित प्रशंसक स्वर्गीय विकास न्यौपानेलाई सम्मान गरिएको थियो । न्यौपानेका बुबा र बहिनीलाई ब्रुअरीका उप प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले खेलाडीले हस्ताक्षर गरेको जर्सी न्यौपाने परिवारलाई हस्तान्तरण गरेका थिए ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।