दोस्रो त्रैमासको वित्तिय विवरण निकाल्नेमा पनि फर्स्ट माईक्रो बन्यो फर्स्ट

Jan 16, 2018 merolagani

४१.५३ प्रतिशतले नाफा बढ्यो, ५० प्रतिशत हकप्रद आँउदै
थोक लघुवित्त कर्जा प्रबाह गर्ने फर्स्ट माईक्रोफाईनान्स (FMDBL)  चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण प्रकाशित गर्ने कम्पनीहरुमध्ये यस बर्ष पहिलो कम्पनी पनि बनेको छ । लघुवित्तले मंगलबार सार्वजनिक गरेको वित्तिय विवरणमा ४ करोड ७६ लाख ९७ हजार रुपैयाँ खुद नाफा गरेको उल्लेख छ ।

गत आवको दोस्रो त्रैमासिक अवधिको तुलनामा लघुवित्तले खुद नाफा ४१.५३ प्रतिशतले वृद्धि गरेको छ । गतबर्षको दोस्रो त्रैमासमा लघुवित्तको खुद नाफा ३ करोड ३६ लाख ९९ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको खुद व्याज आम्दानी तथा संचालन मुनाफा आएको बढोत्तरीले खुद नाफा बढेको हो । ४५ करोड ६२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फर्स्ट माईक्रोको जगेडाकोषमा ११ करोड ९३ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको निष्कृय कर्जा अनुपात शून्य प्रतिशत रहेको छ । दोस्रो त्रैमासिक अवधिमा लघुवित्तले आठ करोड पाँच लाख रुपैयाँ खुद ब्याज आम्दानी तथा ९ करोड ३६ लाख रुपैयाँ सञ्चालन नाफा गर्न सफल भएको छ ।

......{फर्स्ट माइक्रोफाइनान्सले हकप्रद जारी गर्न तोक्यो बुक क्लोज.}...

कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ ९१ पैसा रहेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ सत्र पैसा, तरलता अनुपात १२.६५ प्रतिशत र मूल्य आम्दानी अनुपात ४०.१८ गुणा बढी रहेको छ ।

लघुवित्तले गतबर्षको मुनाफाबाट १५ प्रतिशत बोनस वितरण गरेको थियो। अहिले कम्पनी ५० प्रतिशत हकप्रद बिक्रीको तयारीमा छ । हकप्रद बिक्रीका लागि कम्पनीले माघ ९ गते सेयरधनी किताब बन्द गर्ने भएको छ । यस आधारमा माघ ८ गतेसम्म कम्पनीको सेयरधनी कायम रहेकाले हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

 हाल ४५ करोड ६२ लाख ६३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको फस्र्टको हकप्रद जारी पश्चात ६८ करोड ४३ लाख ९४ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।