ग्रीन डेभलपमेन्ट बैंकको चार सय प्रतिशत हकप्रदको बिक्री खुल्यो

Jan 16, 2018 merolagani

ग्रीन डेभलपमेन्ट बैंक (GRDBL) ले आजदेखि हकप्रद शेयरको बिक्री सुरु गरेको छ । बैंकले चुक्त्ता पूँजी १० करोड रूपैयाँको १ बराबर ४ को अनुपातमा प्रति शेयर एक सय रूपैयाँ अङ्कीत दरको ४० लाख कित्ता हकप्रद शेयरको बिक्री खुला गरेकोे हो ।

हकप्रद शेयर खरीदका लागि बैंकको शेयर निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट्स रहेको छ ।

बिक्री प्रबन्धकको कार्यालय र ग्रीन डेभलपमेन्ट बैंकका शाखाहरूमा आवेदन फर्म उपलव्ध हुने छ । यसका साथै नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्वा सेवामा सहभागी बैक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सकिनेछ ।

हकप्रद प्रयोजनका लागि बैंकले पुस १६ गते बुक क्लोज गरेको थियो । पुष १५गतेसम्म

कायम सेयरधनीले मात्र हकप्रद भर्न पाउने छन् । बैंकको हकप्रदमा फागुन ८ गतेसम्म आवेदन दिन सकिनेछ ।

हाल बैंकको चुक्तापुँजी १० करोड रुपैयाँ रहेको छ । ४ सय प्रतिशत हकप्रद शेयर निष्कासनपछि बैंकको चुक्तापूँजी ५० करोड रुपैयाँ पुग्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।