सिद्धार्थ म्युचलफण्ड अन्र्तगत सञ्चालित उक्त सामूहिक लगानी कोष पुस ९ गते परिपक्क भएको थियो । मंसिर १३ गते धितोपत्र बोर्डको निर्देशन अनुसार योजना खारेजीमा लैजान कोषको स्वामित्वमा रहेका सेयरहरु बिक्री गर्न लागिएको हो ।
फन्डले बुधबार (पुस २६ गते) देखि लिलामी खुला गरेको थियो । इच्छुक लागनीकर्ताले लिन चाहेको सेयर संख्या र मूल्य खुलाई आज (माघ २ गते) कार्यालय समयभित्र बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।
बोलपत्र फारम बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलबाट प्राप्त गर्न सकिनेछ । बोलपत्र पेश गर्दा लिलामीमा आएको सबै सेयरको २५ प्रतिशत, ५० प्रतिशत, ७५ प्रतिशत वा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।
बोलपत्र माघ ३ गते विहान ७ः३० बजे सिद्धार्थ क्यापिटल, नारायणचौर नक्सालमा खोलिने जनाईएको छ ।
सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किमले लिलाम गरिरहेको २४ कम्पनीको सेयरलाई कति मूल्य हाल्ने ? (यो तथ्य हेर्नुहोस्)