कामना सेवाको हकप्रद सुरक्षित गर्ने मंगलबार अन्तिम दिन

Jan 16, 2018 Merolagani

कामना सेवा विकास बैंक (KSBBL) को १५ प्रतिशत हकप्रद सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ । बैंकले माघ ३ गते हकप्रद जारी गर्न सेयरधनी किताब बन्द गर्ने भएकाले आजसम्म कायम सेयरधनीले मात्र हकप्रद पाउनेछन् ।

बैंकले हाल कायम चुक्तापुँजी २ अर्ब ५ करोड ८२ लाख रुपैयाँको १५ प्रतिशत अर्थात दश बराबर एक दशमलव पाँच अनुपातमा ३० लाख ९४ हजार १५४ दशमलव ७७ कित्ता सेयर विक्री गर्न लागेको हो । हकप्रदमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।

कामना र सेवा विकास बैंक गत साउन २० गतेबाट एक भई एकिकृत कारोबार थालेका थिए । राष्ट्र बैंकले तोकेको पूँजी कायम गर्न बोनसले मात्र संम्भव नभएपछि बैंकले हकप्रदको बाटो समातेको थियो । मर्जरमा जानु अघि पनि कामना विकास बैंकको ३० प्रतिशत र सेवाले १२० प्रतिशत हकप्रद सेयर बिक्री गरेका थिए ।

राष्ट्रिय स्तरको विकास बैंक हुन बैंकले चुक्तापुँजी बढाएर २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्छ । हकप्रद जारीपश्चात बैंकको चुक्ता पूँजी २ अर्ब ३६ करोड ७६ लाख रुपैयाँ पुग्नेछ । बाँकी रकम बैंकले बोनस वितरण गरेर कायम गर्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

चालू आवमा बैंकले २० लाख ६७ हजार खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १० पैसा कायम गरेको छ । बैंकको सेयरमूल्य मंगलबार प्रतिकित्ता सेयरमूल्य १६९ रूपैयाँ हाराहारी रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।