मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने

Jan 16, 2018 Merolagani

आज बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गरेको छ । सरकारले प्रदेश प्रमुख नतोकिँदा निर्वाचन आयोगले प्रदेशसभातर्फको समानुपातिक तर्फको निर्वाचन परिणाम बुझाउन पाएको छैन भने यसकै कारण राष्ट्रियसभा निर्वाचनमा पनि ढिलाइ भइरहेको छ ।

बालुवाटार स्राेतका अनुसार आज बेलुका साढे ४ बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बोलाइएको छ ।

सातवटै प्रदेशका प्रमुख तोक्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार एमाले र माओवादीका नेताहरुसँग छलफल गर्दैछन् । यो अनौपचारिक छलफलपछि दिउँसो मन्त्रिपरिषद बैठक बोलाइएको हाे ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।