युनाईटेड फाईनान्सको १९ प्रतिशत बाेनस पारित, चुक्ता पूँजी ८० करोड नाघ्याे

Jan 14, 2018 Merolagani

युनाईटेड फाईनान्स लिमिटेड (UFL) को २३ औं बार्षिक साधारण सभाले १९% बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको पुस २९ गते आम्रपाली बैकंट, भाटभटेनीमा सम्पन्न साधारण सभाले सो प्रस्ताव पारित गरेको हो ।

विष्णु कुमार अग्रवालको अध्यक्षतामा सम्पन्न साधारण सभाले ०७३-७४ को नाफाबाट १९ प्रतिशत बोनस शेयर प्रदान गरेपश्चात राष्ट्र बैकले तोकेको चुक्ता पूँजी पुगेकोले २२ औं बार्षिक साधारण सभामा पारित गरिएको २० प्रतिशत हकप्रद शेयर रद्ध/खारेज गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै कम्पनीको आ.व.२०७३/७४ को बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह समेत पारित गरेको छ । भारत, कोची स्थित मुत्तुट फाईनान्सलाई वैदेशिक रणनीतिक साझेदारको रुपमा भित्राउन आवश्यक कार्य गर्न सञ्चालक समितिलाई पूर्ण रुपमा अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव समेत पारित भयो ।

बोनसपश्चात फाईनान्सको चुक्ता पूँजी ८० करोड पाँच लाख रुपैयाँ पुगेको छ । कम्पनिको सञ्चित कोषमा १६ करोड १३ लाख रुपैयाँ रहेको छ । गत आवमा कम्पनीले ५ अर्ब ४४ करोड निक्षेप संकलन गरि सो अवधिमा विभिन्न क्षेत्रमा ४ अर्ब ६८ करोड कर्जा लगानी गरी १८ करोड ८७ लाख सञ्चालन नाफा तथा ११ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यस्तै फाइनान्सले खराब कर्जा ०.३८ प्रतिशत कायम राख्न सफल भएको छ ।

वि.सं. २०५१ साल देखि कारोबार सुरु गरेको फाइनान्स कम्पनीले मुख्य कार्यालय दरबार मार्ग, काठमाडौं सहित विराटनगर, बुटवल, नेपालगञ्ज, पोखरा, नारायणघाट, दाङ्ग, वीरगञ्ज र काठमाडौंको न्यूरोड, कालीमाटी तथा भक्तपुरको गठ्ठाघरमा शाखा कार्यालयहरु मार्फत प्रदान गर्दै आएकोमा गत वर्ष देखि थप चार शाखा विर्तामोड, दमक, इलाम र सुर्खेतमा विस्तार गरी कारोबार सञ्चालन गरेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।