युनाईटेड इन्स्यारेन्सको अध्यक्षमा उदय कृष्ण उपाध्याय

Jan 16, 2018 Merolagani

युनाईटेड इन्स्यारेन्स कम्पनी नेपाल (UIC) को अध्यक्षमा उदय कृष्ण उपाध्याय चयन भएका छन् । कम्पनीको पुस ३० गते सम्पन्न सञ्चालक समितिको बैठकले उपाध्यायलाई सञ्चालक समितिको अध्यक्षमा  चयन गरेको हो ।

 

कम्पनीको पुस २६ गते सम्पन्न साधारण सभाले संस्थापक समूहबाट उदय कृष्ण उपाध्याय, रविन्द्र सागर तुलाधर, महेशराज पन्त र रमेश शेखर बज्राचार्य तथा साधारण सेयरधनीको तर्फबाट निरज तुलाधर,विलासमान रञ्जित चयन भएका थिए ।

युनाईटेड इन्स्यारेन्स कम्पनीमा शेखर बराल प्रमुख कार्यकारी अधिकृत रहेका छन् । राष्ट्र बैंकले कुनैपनि कम्पनीको अध्यक्ष तथा सञ्चालकको पदावधि दुई कार्यकालसम्म मात्र बस्न पाउने व्यवस्था गरेको छ ।

......{१५ निर्जीवन बीमा कम्पनीहरुमा कुन कस्तो ? हेर्नुहोस् तुलनात्मक अध्ययन}.....

........{१० प्रतिशतले किन बढ्यो युनाइटेड इन्स्योरेन्सको सेयर मूल्य ? चौधरी ग्रुप सर्वोच्च जाँदै}....

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।