ब्याजदर बढ्ने संकेतले नेप्सेमा गिरावट, कारोबारमा भने सामान्य सुधार

Jan 16, 2018 merolagani

पुष मसान्तपछिको पहिलो सेयरबजार परिसूचक नेप्सेमा गिरावट आएको छ भने कारोबार रकममा सामान्य सुधार आएको छ । कारोबारमा आएका सबै समूहका उपसूचक ओरालो लागेपछि समग्र नेप्से राताम्मे बनेको छ । यसदिन वाणिज्य बैंक समूहको सूचक दोहोरो अंकले झरेको छ ।

दोस्रो त्रैमासको कर असुली पश्चात बैंक तथा वित्तीय संस्थाहरुको कर्जा पुँजी निक्षेप अनुपात सिसिडि रेशियो राष्ट्र बैंकले तोकेको सिमा नाघेपछि बैंकको ब्याजदर बढ्ने संकेत देखिदा यसको प्रभाव सेयरबजारमा परेको  छ । 

सरकारले पुष महिनासम्ममा ३ खर्ब ३६ अर्ब राजस्व संकलन गरेको छ । पुष मसान्तमा सरकारी ढुकुटीमा ठूलो रकम गएपछि बैंक तथा वित्तीय संस्थाहरु कर्जा विस्तार गर्न नसक्ने अवस्थामा पुगेका छन् । अघिकांस बैंकहरुको सिसिडि अनुपात ८० प्रतिशतको हाराहारीमा पुगिसकेको छ । जसले गर्दा बैंकहरु थप कर्जा विस्तार गर्ने अवस्थामा देखिदैनन् । बैंकहरुले निक्षेप नबढाई कर्जा दिन नसक्ने अवस्था पुग्दा ब्याजदर बढ्ने संकेतले सेयर बजार ओरालो लागेको छ ।

लगानीयोग्य रकमको अभावमा बैंकरुबिच निक्षेप तान्न पुन ब्याजदर बढाउने प्रतिस्पर्धा चल्न सक्न्ने आँकलन लगानीकर्ताको छ । जसले गर्दा बैंकहरुलाई कर्जाको ब्याजदर बढाउन समेत दबाब पर्नेछ । सेयर कर्जा लगायतको ब्याजदर बढ्ने सक्ने अनुमानमा पनि लगानीकर्ता बजारप्रति उत्साहीत हुन सकेको छैनन् ।

अर्कातर्फ सूचिकृत कम्पनीहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्ने क्रम सुरु भएको छ । कम्पनीहरुले प्रकाशित गर्ने प्रगति विवरणको पर्खाइमा पनि लगानीकर्ता रहदा कारोबारमा कमी आएको छ । आजै मात्र दुई वटा सामुहिक लगानीकोषको दुई अर्ब बराबरको इकाईको बिक्री खुलेको छ ।प्राथमिक निष्कासनले समेत दोस्रो बजारका लगानीकर्तालाई आर्कषीत गरेको अनुमान गरिएको छ । जसले गर्दा दोस्रो बजारको कारोबारमा सुस्तता आएको हो ।

मंगलबार नेप्से १७.३९ अंकले घटेर १४१३.७१ अंकमा झरेको छ। १५४ कम्पनीका ८लाख ११ हजार कित्ता शेयर ३६ करोड २२ लाख रुपैयाँमा कारोबार भएको छ । कारोबा रकम गत आइतबारकोे तुलनामा ४ करोड बढी हो ।

अर्कातर्फ बजारमा दिनप्रतिदिन सेयरको आपूर्ति बढ्दै जाँदा पनि बजारले गति लिन सेकको छैन । अघिल्लो साता मात्र नेप्सेमा ३७ लाख बढी कित्ता सेयर थपिएको थियो । अझै गतबर्षको बोनस तथा हकप्रद सेयरहरु समेत थपिने क्रममा रहेको छ ।

आजै सिद्धार्थ क्यापिटलले लिलामीमा राखेको २४ कम्पनीको एक लाख बढी कित्ता सेयरका लागि आवेदन गर्ने अन्तिम दिन भएकाले पनि केही ठुला लगानीकर्ताहरुलाई दोस्रोबजार बाट अक्सन मार्केटमा तानिएकाले पनि दोस्रोबजारको कारोबारमा बढोत्तरी हुन नसकेको समेत आँकलन छ ।

यसदिन कारोबार आएका सबै समूह घटेका छन् । सबैभन्दा बढी जलविद्युत समूह सय अंकले ओरालो लागेको छन । त्यस्तै बजारमा सबैभन्दा धेरै हिस्सा रहेको वाणिज्य बैंक समूह १२ अंक बढीले ओरालो लागेको छ ।

यसदिन सानिमा हाइड्रो सबैभन्दा धेरै ५ करोड ४५ लाख बराबरको सेयर किनबेच भयो । दोस्रो उच्च कारोबार हुने नबिल बैंकको २ करोड २९ लाख बराबरको कारोबार भएको छ ।

यसदिन एनआइबिएल प्रगति फण्डको इकाई मुल्य सबैभन्दा धेरै चार प्रतिशतले बढेको छ । त्यस्तै महुली लघुवित्तको सेयरमूल्य पनि करिब तीन प्रतिशतले बढेको छ । सिन्धु विकास बैंक, चिलिमे हाइड्रो पावर र बुटवल पावर कम्पनीको सेयरमूल्य सात सात प्रतिशतका दरले ओरालो लागेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।