अप्पर स्याङ्गे खोला जलविद्युतमा प्राइम बैंकले वित्तीय व्यवस्थापन गर्ने, सन् २०१९ भित्र सम्पन्न गर्ने लक्ष्य

Jan 16, 2018 Merolagani

अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले प्रवर्दन गरिरहेको २.४ मे.वा. अप्पर स्याङ्गे खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्था समापन कार्य सम्पन्न भएको छ । प्राइम बैंकले आयोजनाको वित्तीय व्यवस्थापन गर्ने भएको छ ।

वित्तीय व्यवस्थापन सम्झौतामा कार्यकारी अध्यक्ष वीर बहादुर घले र प्राइम कमर्सियल बैंकबिच भएको छ । यस सम्बन्धीमा कृति क्यापिटल एण्ड इन्भेष्मेन्ट्स् लिमिटेडले परामर्श सेवा प्रदान गरेको थियो ।

यो आयोजना गण्डकी अच्चल, लम्जुङ्ग जिल्लाको मस्र्याङ्दी गाँउपालिकामा रहेको छ । यस परियोजनाको विद्युत खरिद सम्झौता सम्पन्न भइसकेको र परियोजना निर्माण कार्य सुरु भइसकेको छ । कम्पनीले यस परियोजनालाई सन् २०१९ मध्यभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।