राजधानीको दरवारमार्गमा रहेको हाइल्याण्ड प्रोपर्टिजले ‘घरजग्गाको साथी’ ब्राण्डबाट आफ्नो सेवा सुरू गरेको हो । घरजग्गाको साथीमार्फत अब घर तथा जग्गा धनीले आफ्नो सम्पति बेच्न तथा किन्न चाहानेले संस्थागत रूपमा सरल र पारदर्शी सेवा पाउने भएका छन् । भाडामा लिन र दिन चाहनेले पनि यो सेवा पाउने छन् ।
घरजग्गाको साथीले कारोबारको ०.५ प्रतिशतको सेवा शुल्कमा आफ्नो सेवा दिने घोषणा गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक भवि शर्माले भन्ने, ‘हामीले घरजग्गा कारोबारको क्षेत्रमा देखिएका विकृती विसंगति हटाउन यो अभियान सुरू गरेका हौँ । किन्ने र बेच्ने दुवैतिर मनलाग्दो कमिशन खाने, जग्गा बैना गर्ने अनि तोकिएको समयमा पास नगर्ने जस्ता समस्या छन् '।
‘हामीले अहिले बजारमा भएका सबै विकृती र अविश्वास हटोस् र किन्न–बेच्न संस्थागत मध्यस्थकर्ताको माध्यमबाट निर्धक्क भएर कारोबार गर्न सक्नुका साथै कम्पनीले घर तथा जग्गासम्बन्धी कानुनी परामर्श, घरको इञ्जिनियरिङ डिजाइन, आर्किटेक्चरल डिजाइन, ठेकेदार, वास्तुसहित घरजग्गा सम्बन्धी आवश्यक परामर्श दिनेछौ ।’ शर्माले भने ।
सबै प्रक्रियाबाट ग्राहकहरूलाई सुरक्षित बनाई एकै ठाउँबाट सबै किसिमका सेवाहरू उपलब्ध गराउने घरजग्गाको साथी नेपालकै पहिलो कम्पनी हो । यस किसिमको सेवामा सामान्य रूपमा कारोबारको ०.५ प्रतिशत सेवा शुल्कमै रहेर अत्याधिक सेवा दिने कम्पनीको भनाई छ ।
हाइल्याण्ड प्रोपर्टिज एण्ड इन्भेष्टमेन्ट कम्पनीको एउटा ब्राण्ड ‘घरजग्गाको साथी’ भए पनि यो कम्पनी आफैमा इन्भेष्टमेन्ट कम्पनी भएको र विविध क्षेत्रमा लगानी गर्दै आएको छ । कम्पनीले अहिले आएर घरजग्गामा पनि लगानी विस्तार गरिरहेको छ ।