राधी विद्यूतको आइपीओ आज बाँडफाँड हुँदै, ७१ हजार आवेदकले दश कित्ताका दरले पाउने

Jan 17, 2018 merolagani

राधी विद्यूत कम्पनी लिमिटेड (RBCLL) ले निष्काशन गरेको साधारण शेयर (आईपिओ) आज बाँडफांड हुने भएको छ । निष्काशन तथा बिक्रि प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिंग लिमिटेडका अनुसार बिहान ९ बजे बिक्रि प्रबन्धकको कार्यालय नारायणचौर नक्सालमा बाँडफांड हुने छ ।

कम्पनीले पुस ३ गते देखि ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको ७ लाख ६४ हजार ५ सय ५० कित्ता साधारण सेयर बिक्रि खुला गरेको थियो । जसमा २ प्रतिशत अर्थात् १५ हजर २ सय ९१ कित्ता कमार्चारीको लागि र ५ प्रतिशत अर्थात् ३८ हजार २ सय २८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो । बाँकि रहेको ७ लाख ११ हजार ३१ कित्ता शेयर सर्वसाधारणको लागि छुट्याइएको थियो ।

आईपिओमा १ लाख ६६ हजार आवेदन परेको थियो । भाग्यमानी ७१ हजार १ सय ३ जना सर्वसाधारण लगानीकर्ताले मात्र कम्पनीको आईपिओ दश कित्ताका दरले पाउने छन् ।

सर्वसाधारणमा आइपीओ निष्काशन पश्चात कम्पनीको सेयर संरचना संस्थापक तर्फ ७५ प्रतिशत, आयोजना प्रभावित १० प्रतिशत र साधारण तर्फ १५ प्रतिशत रहेनछ।

राधि बिद्युत कम्पनीले ४.४० मेगावाटको राधि सानो हाइड्रोपावर परियोजना संचालन गरिरहेको छ। यस परियोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ।

कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गरेपछि कम्पनीको चुक्तापूँजी ४१ करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीले घोर्मु गाविस ३ लमजुङमा राधी खोलाको पानी उपयोग गरी ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना निमार्ण गरेको छ । साथै कम्पनीले २०७१ साल जेठ ३१ गतेबाट व्यापारिक रुपमा नै विद्युत्त उत्पादन सुरु गरी राष्ट्रिय ग्रीडमा बिक्री समेत गरिरहेको छ ।

राधी साना जलविद्यूत ६० करोड रुपैयाँमा सम्पन्न भएको आयोजना हो । जसमा बैंक अफ काठमाडौको नेर्तृत्वमा सानिमा, ग्लोबल आईएमई, कुमारी र जनता बैंकले संयुक्त रुपमा ऋण लगानी गरेका छन ।
साथै कम्पनीेले दोलखामा निमार्ण हुन लागेको ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजनामा समेत लगानी गरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।