एन आई सी एशिया बैंकको भाइबर बैकिङ सेवा सञ्चालनमा

Jan 17, 2018 merolagani

एन आई सी एशिया बैंक (NICA) ले भाइबर बैकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले दिँदै आएको सेवालाई थप प्रविधीमुलक बनाउन मंगलबारदेखि भाइबर बैकिङ सेवा ल्याएको बैंकले जनाएको छ । उक्त सेवा सञ्चालनमा आएसँगै ग्राहकले सहजरुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटर लगायतबाट प्रयोग गरेर भाइबर सेवा सक्नेछन् ।

भाईबर बैकिङ सुबिधा लिनको लागि भाइबर एल्पिकेसनमार्फत एन आई सी एशिया बैंकको पब्लिक एकाउन्टलाई प्रयोग गरी आवश्यक जानकारी लिन सक्नुहुनेछ ।

 यो सेवामार्फत ग्राहकहरुले बैंकको शाखा कार्यालय तथा एटिएम संञ्जालबारे जानकारी, कर्जाका लागि योग्यता जाँच, अनलाइन खाता खोल्ने, बैंकिङ समय, बिदेशी बिनिमयदर, ब्याजदर एवं बैंक सम्बन्धि अन्य आवश्यक जानकारी सजिलै प्राप्त गर्न सकिनेछ ।

 त्यस्तै बैंकको मोबाइल बैकिङ सेवामा रजिष्टर भएका ग्राहकले भाइबर बैकिङ सेवामार्फत आफ्नो खाताको सम्पूर्ण जानकारी सजिलै प्राप्त गर्न सकिने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले जानकारी दिए ।

 शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याको आधारमा निजी क्षेत्रको अग्रणी बैंकहरु मध्येको यस बैंकका देशभर १५७ शाखा कार्यालयहरु, १४१ एटिएम एवं चार एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

 बैंकले विभिन्न स्थानहरुमा चाँडै थप शाखा संचालन गर्ने योजना अगाडि बढाएको जनाएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।