आईपीओ नतिजा हेर्न मेरो लगानीको आइपीओ रिजल्ट (IPO RESULT) मा गएर आइपीओ जारी गर्ने कम्पनीको नाम र आफ्नो डिम्याट नम्बर भरेर सर्च गर्नुहोस् । तपाईले शेयर परे नपरेको नतिजा थाहा पाउनुहुनेछ ।
कम्पनीले निष्कासन गरेको ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको ७ लाख ६४ हजार ५५० कित्ता सेयरका लागि एक लाख ६६ हजार ३१७ वटा आवेदन परेको थियो । त्यसमध्ये एक हजार ३२७ वटा आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ ।
कुल ७ लाख ६४ हजार ५५० कित्ता सेयरमध्ये कर्मचारीलाई १५ हजार २९१ कित्ता र सामुहिक लगानी कोषका लागि ३८ हजार २२८ कित्ता सेयर छुट्याइएको थियो । बाँकि रहेको ७ लाख ११ हजार ३१ कित्ता शेयर सर्वसाधारणलाई वितरण गरिएको हो ।
राधी बिद्युत कम्पनीको निष्काशन तथा बिक्रि प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार आइपिओका ९५ हजार २१४ आवदेकले कम्पनीको सेयर पाएनन् ।
साधारण सेयर वितरण गरेसँगै कम्पनीको चुक्ता पूँजी ४१ करोड रुपैयाँ पुगेको छ ।