कृषि बिकास बैंकका एटिएम आजदेखि चार दिन नचल्ने

Jan 18, 2018 merolagani

कृषि बिकास बैंक लिमिटेड (ADBL) को एटिएम तथा मोबाइल बैंकिङ सेवा आजदेखि चार दिन बन्द हुने भएको छ । बैंकले प्रयोग गरिरहेको प्रविधिकोे स्तरोउन्नती गर्न उक्त सेवा बन्द गर्न लागेको जनाएको छ । साथै सिबीयस जडान भएका सबै शाखा कार्यालयका सम्पूर्ण सेवा शुक्रबार बन्द हुने भएको छ ।

बैंकको एटिएम तथा मोबाइल बैंकिङ सेवा आजदेखि ७ गते आइतबारसम्म बन्द हुनेछन् ।

बैंककले आज सार्वजनिक सूचना जारी हाल प्रयोग रहेको सिबियस–टेमोनोज टि-२४ (CBS-Temenos T24)मा स्तरोउन्नती गर्नु पर्ने भएकाले सेवा बन्द गर्नु परेको जनाएको छ ।

बैंकले नयाँ प्रणालीको स्तरोउन्नी भएसँगै गुणस्तरीय बैंकिङ सेवा उपलब्ध हुने दावी गरेको छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।