सानिमा माई हाइड्रोको सेयरमूल्य ओरालो लागेर किन भईरहेको छ उच्च कारोबार ?

Jan 18, 2018 merolagani

गत साता यता सेयर बजारमा सानिमा माई हाईड्रो (SHPC) को सेयर कारोबार उच्च हुँदै आएको छ । बुधबार मात्रै यो कम्पनीको दुई लाख ९० हजार कित्ता सेयर १२ करोड रूपैयाँमा कारोबार भयो । सेयर बजारमा सानिमा हाइड्रोको एकाएक ठूलो संख्यामा सेयर कारोबार हुन थालेपछि सेयर आपूर्ति कसरी बढ्यो भन्ने आम लगानीकर्तामा जिज्ञासा समेत बढेको छ ।

सानिमाको सेयर आपूर्ति बढ्दै जाँदा सेयरमूल्य भने निरन्तर घट्दै गएको छ । बुधबार मात्रै सानिमाको सेयरमूल्य २ प्रतिशत बढीले घटेर ४१८ रुपैयाँमा झरेको छ । पछिल्लो दश दिनमा सानिमाको सेयरमूल्य प्रतिकित्ता ६७ रुपैयाँले घटेको छ । यो अवधिमा कम्पनीको सेयर कारोबार समेत उच्च हुँदै आएको छ । पछिल्लो दश दिनमा कम्पनीको सेयर किनबेचकाे रकम करोड भन्दा माथि छ । यसबिचमा दुईदिन ५ करोड बढीको कारोबार भएको छ भने एक दिन १२ करोड बढीको कारोबार भयो ।

 

सेयर बजारमा नियमित अाैसतमा ५-७ हजार कित्ता मात्र सेयर कारोबार हुँदै आएको कम्पनीको कारोबार बढ्दै जादा सेयरको आपूर्ति समेत बढ्दै गएको छ । पछिल्ला दश दिनको बिचमा दुई दिन एक लाख कित्ता बढी र एक दिन दुई लाख कित्ता बढी सेयर किनबेच भएको छ । सेयर बजारमा एक्कासी सानिमाको सेयर आपूर्ति बढेर मूल्य घट्न थालेपछि आम लगानीकर्तामा खोजीको बिषय बनेको छ ।

 

सानिमा माई हाईड्रोको संस्थापक सेयर साधारणमा रुपान्तरण भएर दोस्रो बजारमा किनबेच हुने अवधि पुरा गरेपछि सेयर बजारमा आपुर्ति ह्वात्तै बढेको हो । सानिमा माई हाईड्रोको सेयर रजिष्ट्रार सानिमा क्यापिटलका एक अधिकारीका अनुसार संस्थापक सेयर साधारणमा बदलिएर दोस्रो बजारमा किनबेच भईसकेको छ ।

जलबिद्युत आयोजनाहरुले सर्बसाधारणमा सेयर जारी गरेको तीन बर्ष पुगेपछि सबै संस्थापक सेयर साधारण सरह दोस्रो बजारमा बेच्न सकिने ब्यवस्था छ ।

अर्कातर्फ सानिमाले गत साउन २७ गतेदेखि भदौ २९ गतेसम्म बिक्री गरेको शतप्रतिशत हकप्रद सेयर नेप्सेमा सूचिकृत भईसकेको छ । हकप्रदमा बेचेको एक करोड ५ लाख ५० हजार कित्ता नेप्सेमा थपिएपछि सेयरको आपूर्ति ह्वात्तै बढेको हो । जसले गर्दा कम्पनीको सेयरमूल्य निरन्तर ओरालो लाग्ने क्रममा रहेको देखिन्छ ।

त्यस्तै स्थानियबासिन्दाको नाममा किनिएका सेयर अर्काको नाममा ल्याउन भएको नामसारीले एक सातादेखि सानिमामाई हाइड्रोपावर लिमिटेडको कारोबार बढेको बताइन्छ । सानिमा माईले स्थानिय बासीन्दालाई १० प्रतिशत सेयर निष्कासन गर्दा धेरै बाहिरका लगानीकर्ताले स्थानियको नामबाट लिएर सेयर अहिले वास्तविक नाममा हस्तान्तरण हुँदा सानिमाको बढी कारोबार भएको समेत बताउने गरिएको छ ।

लक्ष्मी बैंक सहित नौ वटा बैंकहरुले आयोजनामा वित्तीय लगानी गर्दा ब्यक्तिगत ग्यारेन्टी स्वरुप रोक्का राखिएको सेयर भने दोस्रो बजारमा आइसकेको छैन । तर उनीहरुले किनेको हकप्रद भने सम्बन्धित सेयरधनीको हितग्राही खातामा पुगेर बेचबिखन भईसकेको स्रोतले जनाएको छ ।

कम्पनीको संचालकहरुले धारण गरेको सेयर सर्वसाधारणमा सेयर जारी गरेको आठ बर्षसम्म दोस्रो बजारमा बिक्री गर्न नपाईने हुँदा सबै सेयर बिक्रीमा आउँदैन तर हालै हकप्रद वापत कम्पनीले बिक्री गरेको सेयर मात्रै बजारमा किनबेच भए पनि अहिलेको बजारको अधिक आपुर्तिमा झन् चाप पर्ने अवस्था छ ।

गैरआवासीय नेपालीहरुको मुख्य लगानी रहेको सानिमा हाईंड्रोले ईलाममा दुईवटा आयोजनाबाट गरी २९ मेगावाट विजुली उत्पादन गरिरहेको छ भने देशका अन्य भागमा ठूला आयोजनाहरु निर्माणको चरणमा छन् ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।