आईपिओमा कति रकम आवेदन गर्ने नै जान्दैनन् लगानीकर्ता

Jan 18, 2018 Merolagani

-तीर्थराज पौड्याल

नेपालको पूँजी बजारमा साधारण सेयर भर्ने अधिकांश लगानीकर्ता आईपीओ भर्नै जान्दैनन् भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । पछिल्लो समय निष्काशन भएका आईपिओमा पर्ने गरेको आवेदनलाई हेर्ने हो भने पनि आईपिओ लगानीकर्ताले कति आवेदन गर्ने भन्ने कुरा नबुझेको स्पष्ट देखिन्छ ।

यसकाे ज्वलन्त उदाहरण बुधबार बाँडफाँड भएको राधी विद्युतको आईपिओमा आवेदनमा पनि देखिएको छ । यो समस्या एउटा कम्पनीमा मात्र होईन अधिकांश आईपिओ खुला गर्ने कम्पनीमा देखिँदै आएको छ ।

अहिले पनि धेरै आवेदकलाई धितोपत्र बोर्डले गत जेठ १२ गतेदेखि लागू गरेको धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ को व्यवस्था अवगत नहुँदा लगानीकर्ता अझैपनि पुरानै प्रणाली अनुसार नै अाइपिअाेमा लगानी गर्ने गरेका छन् । उनीहरू धेरै रकम आवेदन गर्दा सेयर पर्ने वा धेरै सेयर प्राप्त हुने पुरानै व्यवस्थालार्इ  अङ्गिकार गर्दे आईपिओमा अधिकतम कित्ता आवेदन गरिरहेका छन् ।

धितोपत्र बोर्डले २०७४ जेठ १२ गतेदेखि धितोपत्र बाँडफाँड निर्देशिका २०७४ जारी गर्दे २०७४ साउनपछि आईपिओ, एफपिओ लगायतका सबै आवेदकलाई प्रथामिक निष्काशनमा पुगेजति आवेदकलाई १० कित्ताको दरले सेयर बाँडफाँड गर्नुपर्ने व्यवस्था गरेको छ ।

यसरी बाँडफाँड गर्दा  सबै अावेदकलार्इ १० कित्ता सेयर बाँडफाँड  गर्दा समेत सेयर बाँकी रहेमा त्याे सेयर २० कित्ता आवेदन गर्ने आवेदकलाई बाँडफाँड गर्नुपर्ने हुन्छ । यसअनुसार १० कित्ता सेयर नै गाेलाप्रथाबाट बाँडफाँड गर्नुपर्ने यथार्थतालार्इ  ख्यालै नगरि अझैपनि पूरानो व्यवस्थामा अभ्यस्त भएका लगानीकर्ता त्यस मानसिकताबाट बाहिर निस्कन सकेका छैनन् ।

पछिल्लो समय हरेक आईपिओमा  कम्पनी अनुसार दुई लाख वा सो भन्दा पनि बढी आवेदकले आवेदन गर्ने गरेका छन् । सेयर पाउने सबै आवेदकले गोलाप्रथाबाट १० कित्ता मात्र सेयर प्राप्त गने भएकाले ५० कित्ताभन्दा बढी आवेदन गर्ने सबै आवेदकले आईपिओ कति आवेदन गर्ने भन्ने जानकारी प्राप्त गर्न चुकेको स्पष्ट रुपमा नै बुझ्न सकिन्छ ।

यसले धितोपत्र बोर्ड र अन्य सरोकारवाला निकायले पूँजी बजारको क्षेत्र र दायरा विस्तार गर्दे जाने रणनीति अपनाएकाे छ । तर यस्ता निकायले समय समयमा गर्ने गरेको लगानीकर्ता प्रशिक्षण,र शिक्षामूलक अन्तरक्रियात्मक कार्यक्रमहरु प्रयाप्त हुन नसकेकाे देखिन्छ । त्यसैले समय सापेक्ष रुपमा थप विस्तार गर्न जरुरी देखिन्छ ।

राधीको आईपिओ पाएका ९ हजार ७५९ जना आवेदकले गरे धेरै कित्ता आवेदन

राधी विद्युत्त कम्पनीले पुस ३ गतेदेखि ६ गतेसम्म सर्वसाधारणमा ७ लाख ६४ हजार ५५० कित्ता निष्काशन गरेको आईपिओमा १० कित्ता सेयर पाउने ९ हजार ७५९ जना आवेदकले साधारण सेयरमा आवेदन गर्न पाउने न्यूनतम कित्ता ५० भन्दा बढी आवेदन गरेका छन् । यसमा आईपिओ सेयर प्राप्त गर्न नसक्ने ९५ हजार २१४ जनामध्ये कति आवेदकले न्यूनतम संख्याभन्दा बढी आवेदन गरे भन्ने तथ्याङ्क समेटिएको छैन ।

दश कित्ता सेयर पनि गोलाप्रथाबाट भाग्यमानी साबित भएर पाउने अवस्था रहेको राधीको आईपिओमा सेयर प्राप्त गरेका ७१ हजार १०३ जनामध्ये ८९ जनाले अधिकतम कित्ता (३८००) आवेदन गरे, जबकि उनीहरुको सेयर पर्ने संम्भावना पाँच हजार आवेदन गर्ने आवेदक र तीन लाख ८० हजार रुपैयाँ आवेदन गर्ने आवेदकको बराबरी हो ।

यसअनुसार कम्पनीको आईपिओमा अधिकतम कित्ता आवेदन गर्ने हरेक आवेदकले तीन लाख ७५ हजार रुपैयाँ रकम बढी आवेदन गरे । यसलाई अन्य प्रयोजनमा प्रयोग गर्न सकेको भए, त्यो रकमबाट अरु थप लाभ लिन सक्थे ।

कम्पनीको सेयरमा ५० कित्ता सेयरका लागि आवेदन गर्ने रुसिका अग्रवालले ११ कित्ता सेयर प्राप्त गरिन् भने तीन हजार ८०० कित्ता आवेदन गर्ने धेरै आवेदक सेयर प्राप्त गर्न नसक्ने ९५ हजार २१४ जनाभित्र परेर खाली हात चित्त बुझाउनुपर्यो । यसकारण अहिले कुन कम्पनीले निष्काशन गरेको सेयर कित्ता कति छ र आवेदक संख्या कति छन् त्यसअनुसार नै आवेदन गर्नुपर्छ ।

अहिलेको व्यवस्था अनुसार अावेदक संख्या दुर्इ लाख रहेकाे हुँदा २० लाख कित्ता सेयरभन्दा कम कित्ता सेयर निष्काशन गर्ने जुनसुकै कम्पनीको साधारण सेयर सबै गोलाप्रथाबाट वितरण हुनेछ । यसअनुसार न्यूनतम संख्या आवेदन गर्नु र अधिकतम संख्यामा आवेदन गर्नुले केही फरक मान्यता राख्दैन ।

राधीको आईपिओको आवेदनलाई मात्र उदाहरण लिने हो भने सेयर पाउने ७१ हजार १०३ जनामध्ये ९ हजार ७५९ जना आवेदकले आईपीओमा आवश्यक भन्दाबढी रकमको आवेदन गरेर आफ्नो पैसाको सहि सदुपयोग गर्न सकेका छैनन् । राधीको आईपिओमा पनि एक लाख ६६ हजार ३१७ आवेदकमध्ये एक हजार ३०० जनाको त आवेदन नै रद्ध भएको छ ।

यसले अझै पनि आईपिओमा लगानी गर्ने लगानीकर्ता अरुको सल्लाहमा मात्र आवेदन गर्ने गरेको सहजै अनुमान गर्न सकिन्छ । आफुले लगानी गर्ने कम्पनी कस्तो हो, कति प्रतिफल दिन सक्छ, र अन्य कम्पनीको तुलनामा यस कम्पनीमा लगानी गर्नु कति उचित हुन्छ भन्नेजस्ता प्रश्नहरुको आफैमा उत्तर खोजेर राम्रा कम्पनीहरुमा लगानी विविधिकरणमा जोड दिन सकेमा आफुले लगानी गरेको कम्पनीबाट उचित प्रतिफल पाउन सकिने निश्चित छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।