बैंकको संचालन मुनाफा घटेको छ । त्यस्तै ब्याज खर्च, कर्मचारी खर्च र जोखिम वापतको व्यवस्थापन खर्च समेत बढेपछि बैंकको नाफा प्रभावित भएको हो । बैंकको ब्याज आम्दानीको अनुपातमा ब्याज खर्च बढेको छ ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.०६ प्रतिशत, सञ्चालन मुनाफा १३.५८ प्रतिशतले घटेको छ । कर्मचारी खर्च नै एक करोड ५ लाखले बढेको छ । गतबर्षको दोस्रो त्रैमाससम्ममा चार करोड २० लाख रहेको बैंकको कर्माचारी खचै यसअवधिमा ५ करोड २५ लाख पुगेको छ ।
बैंकको खराब कर्जा भने केही घटेको छ । यसअवधिमा बैंकको खराब कर्जा ०.१७ रहेको छ । बैंकले प्रोभिजनमा २ करोड ८६ लाख रुपैयाँ राखेको छ भने १ करोड २६ लाख रुपैयाँ खराबकर्जा उठाएको छ ।
१ अर्ब ३७ करोड ८६ लाख रुपैयाँ चुक्ता पुजी भएको शाइन रेसुङ्गा बैंकले जगेडा कोषमा ४२ करोड ६ लाख रुपैयाँ राखेको छ । बैंकले ११ अर्ब ९४ करोड निक्षेप संकलन गरेर १० अर्ब ४९ करोड कर्जा लगानी गरेको छ ।
बैंकको प्रति शेयर आम्दानी बार्षिक २१.९७ रुपैयाँ छ । प्रति शेयर नेटवर्थ १३०.५१ रुपैयाँ, तरलता अनुपात २५.८५ प्रतिशत र मुल्य आम्दानीको अनुपात १३.६६ गुणा रहेको छ ।
रुपन्देहीको बुटवलमा कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गतबर्षको मुनाफाबाट २५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।