सिटिजन्स् म्युचुअल फण्डमा व्यक्तीगत रुपमा मात्रै २७ करोडको आवेदन

Jan 19, 2018 merolagani

सिटिजन्स बैंक (CZBIL) को सहायक कम्पनी सि.बि.आई.एल क्यापिटलले निष्कासन गरेको सिटिजन्स् म्युचुअल फण्डमा २७ करोड बराबरको आवेदन परेको छ । क्यापिटलले गत मंगलबारदेखि आवेदन खुलाएकोमा तीन दिनको अवधिमा व्यक्तीगत लगानीकर्ता बाट मात्रै उक्त रकमको आवेदन परेको हो ।

क्यापिटलले गत मंगलबारदेखि एक अर्ब बराबरको सामूहिक लगानी कोषको दश करोड इकाई बिक्रीमा ल्याएको हो । क्यापिटलका अनुसार मंगलबार, बुधबार र शुक्रबार गरी तीन दिनको अवधिमा करिब ७ हजार आवेदकबाट २७ करोड बराबरको आवेदन परेको छ । 

क्यापिटलका प्रमुख कार्यकारी अधिकृत समिर दाहालले शुक्रबार १२ बजेसम्म उक्त परिमाणको आवेदन परेको जानकारी दिए । 'अहिलेसम्म व्यक्तीगत लगानीकर्ताको मात्र आवेदन परेको र संस्थागत लगानीकर्ताबाट आवेदन आउन बाँकी रहेकाले आइतबारसम्म म्युचूअल फण्डले निष्कासन गरेको एक अर्बको इकाईको लागी आवश्यक आवेदन पर्ने विश्वास छ ,  दाहालले भने ।

क्यापिटलले १० रुपैयाँ प्रतिइकाईका दरले १० करोड इकाई बिक्रीमा ल्याएको हो जसमध्ये १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडलाई र बाँकी आठ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ ।

कम्पनीका अनुसार प्रतिइकाई १० का दरले न्यूनतम १०० इकाई अर्थात् १०० रुपैयाँ र अधिकतम २० लाख इकाई अर्थात् दुई करोड रुपैयाँ बराबरको आवेदन दिन सकिनेछ ।

क्यापिटलले ल्याएको सातवर्षे बन्दमुखी यो सामूहिक लगानी कोषमा छिटोमा माघ ७ गते आइतबार र ढिलोमा माघ १७ सम्म आवेदन दिन सकिनेछ । सबै ईकाई बिक्री भएमा माघ ७ गते बिक्री बन्द हुनेछ भने निश्काशन गरिएको भन्दा कम माग भएको अबस्थामा माघ १७ गतेसम्म आबेदन खुल्ला रहने कम्पनीले जनाएको छ ।

तोकिएको रकम एक अर्ब रुपैयाँ भए पनि लगानीकर्ताको माग आवेदन बढी भएमा कोषको आकार २५ प्रतिशतसम्म बढाउन सकिनेछ ।

सात बर्षे अवधिको उक्त म्युचुअल फण्डले औसतमा साढे २२ प्रतिशतका दरले वार्षिक प्रतिफल दिने लक्ष्य लिएको सिबिआईएल क्यापिटलले जनाएको छ ।

यो सीबीआईएल क्यापिटलको पहिलो म्युचुअल फण्ड हो । यसले पनि ईकाई बिक्रीबाट संकलन भएको अधिकांश रकम सेयर बजारमै लगानी गर्ने जनाएको छ ।

सि.बि.आई.एल क्यापिटल सिटिजन्स् बैंकको सहायक कम्पनी हो । सि.बि.आई.एल क्यापिटलले शेयर निष्काशन तथा विक्री प्रबन्धक सँगै, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।