सानिमा बैंकको दोस्रो त्रैमासको प्रगतिले आसा जगायो, निक्षेप बढाउनुपर्ने बाध्यता

Jan 21, 2018 merolagani

राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्तापूँजी पुगेपछि बैंकहरुले प्रकासित गरेका वित्तीय विवरणहरु तुलना गर्दा धेरै अन्तर देखिने गरेको छ । यसैक्रममा खुद नाफामा ३२.५ प्रतिशतले बढोत्तरी गरेको सानिमा बैंक (SANIMA) ले प्रतिसेयर आम्दानी भने ३ रुपैयाँ ९ पैसाले घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकको संचालन मुनाफा, खुद ब्याज आम्दानी, विदेशी मुद्राको कारोबार लगायतमा भएको सुधारले नाफा बढेको हो । तर बैंकको पूँजीको आकार बढेको तुलनामा आम्दानी नबढ्दा प्रतिसेयर आम्दानी खस्केको हो।

बैंकले पुष महिनाको अन्त्यसम्ममा ८२ करोड ४७ लाख रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ६२ करोड २४ लाख रुपैंया खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद नाफा २० करोड रुपैंयाले बढेको हो । बैंकको खुद नाफामा देखिएको यो वृद्धि ३२.५ प्रतिशत हो । बैंकको खुद नाफा बढेपनि प्रतिसेयर आम्दानी भने केही खस्किएको छ । बैंकको प्रतिसेयर आम्दानी २० रुपैंया ५६पैसा छ । गतबर्ष बैंकको प्रतिसेयर आम्दानी २३ रुपैंया ६५ पैसा थियो ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ५ अर्ब ३० रुपैंयाबाट बढेर ८ अर्ब १२ लाख पुगेको छ भने समीक्षा अवधिमा जगेडा कोषको आकार १ अर्ब ४१ करोड रुपैंयाँबाट बढेर १ अर्ब ८८ करोड पुगेको छ ।

निक्षेप संकलन तथा कर्जा विस्तारमा सुधार गरेको बैंकको खराब कर्जा थोरै बढेको छ । गतबर्षको यसै अवधिमा ०.१ प्रतिशत रहेको खराबकर्जा ०.३ प्रतिशत पुगेको छ । बैकले जोखिम व्यवस्थापनका लागि ११ करोड रुपैयाँ राखेको छ भने यसअवधिमा ७४ लाख खराब कर्जा असुली गरेको छ ।

बैंकले यसअवधिमा ६८ अर्ब ३९ करोड निक्षेप संकलन गरेर ६० अर्ब ५२ करोड कर्जा परिचालन गरेर एक अर्ब ३३ करोड खुद ब्याज आम्दानी गरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

बैंकको प्रतिसेयर नेटवर्थ १२३ रुपैंया ५५ पैसा तथा मूल्य आम्दानी अनुपात १६.५४ गुणाले बढी छ । बैंकको कर्जा पूँजी निक्षेप अनुपात ७८.९९ प्रतिशत रहेको छ । यसले बैंकले निक्षेप नबढाई धेरै कर्जा विस्तार गर्न सक्ने अवस्था देखिदैन । अर्कातर्फ बैंकको कोषको लागत समेत ४.०९ प्रतिशतबाट बढेर ७.२४ प्रतिशत पुगेको छ । यसको मतलब बैंकले सस्तोदरमा कर्जा उपलब्ध गराउन नसक्ने देखिन्छ । बैंकको आधार ब्याजदर ९.७१ प्रतिशत पुगेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।