बुटवल पावरको ४० लाख ८१ हजार कित्ता एफपिओ माघ १५ देखि खुल्ने ,प्रतिकित्ता ५०१ रुपैयाँ

Jan 21, 2018 merolagani

बुटवल पावर कम्पनी (BPCL) ले यही माघ १५ गतेदेखि ४० करोड ८१ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता नयाँ सेयर निष्काशन (एफपिओ) को बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रिमियम सहित प्रतिकित्ता ५०१ रुपैयाँमा उक्त सेयर बिक्री गर्ने भएको छ ।

कम्पनीको एफपिओमा न्यूनतम दश कित्ता अर्थात पाँच हजार दश रुपैयाँदेखि अधिकत्म २० हजार चार सय अर्थात एक करोड दुई लाख २० हजार चार सय रुपैयाँसम्मको आवेदन गर्न पाइनेछ ।

कम्पनीको एफपिओ निष्काशनकर्ता एनएमबि क्यापिटल रहेको छ । एफपिओमा छिटोमा माघ १९ गते र ढिलोमा फागुन १५ गतेसम्म आवेदन गर्न पाइने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले एनएमबि क्यापिटल नागपोखरी, लक्ष्मी क्यापिटल बानेश्वर, बुटवल पावर कम्पनी, वुद्ध नगर तथा आस्वा सदस्य रहेका जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सकिनेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

एफपिओबाट संकलित रकम कम्पनीले निमार्ण सुरु गरेका आयोजनामा लगानी गर्ने बताउँदै आएको छ । कम्पनीले ३० मेगवाटको न्यादी जलविद्युत आयोजना र ३७ दशमलव छ मेगावाटको काबेली ए जलविद्युत आयोजना निमार्ण गर्ने घोषणा गरेको छ । यी आयोजना विदेशी साझोदार तथा स्वदेशी साझेदारसँगको सहकार्यमा सन् २०२० सम्म सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

साथै बीपीसी एक सय मेगावाटको मनाङमर्स्याङ्दी आयोजनाको अनुमति लिने क्रममा रहेको छ भने ८५ मेगावाटको चिनीखोला साना जलविद्युत आयोजना सम्भाब्यता अध्ययन पुरा गरिसकेको छ ।

हाल यो कम्पनीको दोस्रो बजारमा प्रतिकित्ता सेयर ६६५ रुपैयाँको हाराहारीमा कारोबार भईरहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।