निरन्तर बोनस बढाउँदै साल्ट ट्रेड्रिङ

Jan 21, 2018 Merolagani

साल्ट्र ट्रेड्रिङ कर्पोरेन्स (STC) ले बोनस बढाएर २५ प्रतिशत पुर्याएको छ । अघिल्लो आर्थिक बर्षमा २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले गत आर्थिक बर्षको भन्दा बोनस र नगद दुबै ५ प्रतिशतले बढाएको हो ।

आर्थिक बर्ष २०७३/७४ मा कमाएको नाफाबाट कर्पोरेशनले ५१ औं बार्षिक साधारण सभामा २५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

 

काठमाडौंको कालिमाटीमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी ९ करोड ८१ लाख ८४ हजार ३०० रुपैयाँ रहेको छ । बोनस पश्चात कम्पनीको चुक्ता पूँजी १२ करोड २७ लाख ३० हजार ३७५ रूपैयाँ पुग्नेछ ।

साल्ट टेड्रिङमा सर्वसाधारणको लगानी २१ प्रतिशत तथा सरकारको ७९ प्रतिशत लगानी रहेको छ । कम्पनीको सेयर अन्तिम पटक २०७४ मंसिर २७ गते नेप्सेमा प्रतिकित्ता २७० रुपैयाँमा कारोबार भएपछि त्यस यता कारोबार हुन सकेको छैन ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।