आइसिएफसि फाइनान्स चितवनको नारायणगढमा पनि पुग्यो,१७ औ शाखा सञ्चालनमा

Jan 21, 2018 merolagani

आइ.सि.एफ.सि. फाइनान्स लिमिटेड (ICFC) ले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा आइतबार चितवनको नारायणगढमा १७ औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन फाइनान्सका अध्यक्ष सुरेशकुमार अग्रवाल तथा उद्योग वाणिज्य संघ, नारायणगढका अध्यक्ष सहनलाल प्रधानले संयुत्त रुपमा गरेका हुन ।



सो क्रममा फाइनान्सका अध्यक्ष अग्रवालले आगामी दिनमा फाइनान्सले अझै उत्कृष्ट सेवा दिने प्रतिवद्धता ब्यक्त गरे ।
फाइनान्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमास अर्थात पौष मसान्तसम्ममा ११ करोडको हारहारी सञ्चालन मुनाफा आर्जन गरेको जानकारी दिएको छ ।

फाइनान्सले यसअवधिमा ७ अर्व ५७ करोड निक्षेप संकलन गरेर ६ अर्व ६ करोड कर्जा प्रवाह गरिसकेको छ । फाइनान्सको चुक्तापूँजी ८८ करोड २१ लख छ ।

फाइनान्सले हालसम्म १७ वटा शाखा कार्यालय र १४ वटा ए.टि.एम. मार्फत आफ्ना ५५ हजार भन्दा बढी ग्राहकलाई ग्राहकलाई सेवा दिईरहेको जनाएको छ ।

बैंकिंग सेवामा नेपाली जनताको पहु“च बढाउन फाइनान्सले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाईरहने छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।