भाइबर म्यासेजमा सेयर बजारको भित्री सूचना चुहाउँदा ७५ हजार जरिवाना

Jan 21, 2018 Merolagani

नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल प्रज्ञान सेक्यूरिटिजलाई भाइवर म्यासेज मार्फत ग्रुप बनाएर भित्री सूचना जानकारी गराएर व्यवसायिक अाचरण पालना नगरेपछि ७५ हजार रुपैयाँ आर्थिक जरिवाना गरेको छ ।

प्रज्ञान सेक्यूरिटिजको विराटनगरमा शाखा कार्यालय मार्फत सिभिल बैंकको साधारण सभा अगावै शेयर किन्नुहोस्, ४० प्रतिशत हकप्रद आउने भएको छ, राम्रो फाईदा हुन्छ, फाईदा गराउने जिम्मा हाम्रो भन्ने आशयको भाइवर म्यासेज ग्रुप बनाएर पठाएको उजुरीमा छानविन गरि सो जरिवाना  गरिएकाे धिताेपत्र बाेर्डका प्रवक्त्ता निरज गिरीले जानकारी  दिए ।

संस्थाले आफ्नो शाखा कार्यालयको काम कारवाहीलाई सूक्ष्म रुपमा अनुगमन नगरी व्यवसायिक आचरण कायम गराउन नसकेको र व्यवसायिक स्तर कायम गरेको नदेखिएकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (७) बमोजिम जरिवाना गरिएको बोर्डले जनाएको छ ।

प्रज्ञान सेक्यूरिटिजको विराटनगर शाखा प्रमुखले उक्त शाखाबाट कारोबार गर्नेलाई २०७४ जेठ ४ गते हुने सिभिल बैंकको साधारण सभा अगावै सो म्यासेज भाइबर ग्रुपमा पठाएका थिए ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७६ मा धितोपत्र व्यवसाय संचालन गर्ने संस्थाले आफ्नो व्यवसायलाई स्वस्थ र उच्चस्तरीय राख्ने, धितोपत्र बजारको उच्च मर्यादा कायम राख्ने, धितोपत्र व्यवसायसँग सम्बन्धित अभिलेखहरु राम्रोसँग राख्ने, धितोपत्र व्यवसाय संचालन गर्ने सम्बन्धमा दक्ष जनशक्ति तयार गर्नको लागि कर्मचारीलाई आवश्यक तालिमको व्यवस्था गर्ने जस्ता कार्य गरी व्यवसायिक स्तर कायम गर्नुपर्ने व्यवस्था छ ।

यस्ता कारबाहीबाट धितोपत्र व्यवसायीलाई धितोपत्र व्यवसाय संचालन गर्दा आफूले पालन गर्नुपर्ने व्यावसायिक सिद्धान्तको पालना तर्फ थप सजग गराउँने र यसले दोस्रो बजार कारोवार थप स्वच्छ र पारदर्शी हुन सहयोग पुग्ने बोर्डको अपेक्षा छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।