सात बर्षे अवधिको उक्त म्युचुअल फण्डले औसतमा साढे २२ प्रतिशतका दरले वार्षिक प्रतिफल दिने लक्ष्य लिएको सिबिआईएल क्यापिटलले जनाएको छ । यो सीबीआईएल क्यापिटलको पहिलो म्युचुअल फण्ड हो । यसले पनि ईकाई बिक्रीबाट संकलन भएको अधिकांश रकम सेयर बजारमै लगानी गर्ने जनाएको छ ।
क्यापिटलले माघ २ गतेदेखि एक अर्ब बराबरको सामूहिक लगानी कोषको दश करोड इकाई बिक्रीमा ल्याएको बिचमा सार्वजनिक विदा परेपछि फण्डमा सबै इकाइमा माग नपरेपछि समय थप गरिएको क्यापिटलले जनाएको छ ।
फण्डमा आवेदन गर्ने समय ढिलोमा माघ १७ गतेसम्म रहेको छ । विक्रीमा ल्याएको १० करोड इकाइका लागि माग आवेदन परेमा भने क्यापिटलले बिचमा पनि आवेदन बन्द गर्न सक्नेछ ।
चार दिनको अवधि आईतबार बेलुकासम्ममा फण्डमा ११ हजार आवेदकबाट पाँच करोड इकाईका लागि ५० करोड रुपैयाँ बढीको आवेदन परेको छ । सबै संकलन केन्द्रबाट तथ्याङ्क नआइसकेकोले यो नै अन्तिम नतिजा नभएको क्यापिटलले जनाएको छ ।
कम्पनीका अनुसार प्रतिइकाई १० का दरले न्यूनतम १०० इकाई अर्थात १०० रुपैयाँ र अधिकतम २० लाख इकाई अर्थात दुई करोड रुपैयाँ बराबरको आवेदन दिन सकिनेछ ।
क्यापिटलले ल्याएको सातवर्षे बन्दमुखी यो सामूहिक लगानी कोषको आकार एक अर्ब रुपैयाँ तोकिएको भए पनि लगानीकर्ताको माग आवेदन बढी भएमा कोषको आकार २५ प्रतिशतसम्म बढाउन सकिनेछ ।
क्यापिटलले बिक्रीमा ल्याएको १० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात एक करोड ५० लाख इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेशनललाई र बाँकी आठ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ ।
सि.बि.आई.एल क्यापिटल सिटिजन्स् बैंकको सहायक कम्पनी हो । सि।बि।आई।एल क्यापिटलले शेयर निष्काशन तथा विक्री प्रबन्धक सँगै, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य ९डीपी० सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।