नेको इन्स्योरेन्स ले दुई बराबर एक कित्ता अनुपातमा ३९ लाख २० हजार ९२८ कित्ता हकप्रद सेयर माघ २६ गतेदेखि विक्री गर्न लागेको हो ।
बीमा समितिले तोकेको चुक्ता पूँजी कायम गर्न प्रयासरत कम्पनीको गत असोज १० गते सम्पन्न २२ औं बार्षिक साधारणसभाले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद प्रस्ताव पारित गरेको थियो ।
७८ करोड ४१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको हकप्रद विक्रीपछि एक अर्ब १७ करोड ६२ लाख नाघ्नेछ । बीमा समितिले २०७५ असार मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीलाई न्यूनतम एक अर्ब चुक्ता पूँजी कायम गर्न निर्देशन गरेको थियो ।
चालु आवको प्रथम त्रैमासमा कम्पनीले तीन करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक २० रुपैयाँ ३० पैसा कायम गरेको छ । कम्पनीको सेयरमूल्य आइतबार प्रतिकित्ता ७७० रुपैयाँ हाराहारी रहेको छ ।
त्यस्तै फर्स्ट माइक्रोफाइनान्स (FMDBL) ले दुई बराबर एक अनुपातमा २२ लाख ८१ हजार ३१३ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । लघुवित्तको हकप्रद सेयरमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।
हाल ४५ करोड ६२ लाख ६३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको फस्र्टको हकप्रद जारी पश्चात ६८ करोड ४३ लाख ९४ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।
चालु आवको दाेस्राे त्रैमासमा कम्पनीले चार करोड ७६ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २० रुपैयाँ ९१ पैसा कायम गरेको छ । कम्पनीको सेयरमूल्य आईतबार प्रतिकित्ता ७८६ रुपैयाँमा कारोबार भएको छ ।