नेको इन्स्याेरेन्सको ५० प्रतिशत हकप्रद माघ २६ देखि बिक्रीमा आउने

Jan 22, 2018 merolagani

नेको इन्स्याेरेन्स (NIL) ले दुई बराबर एकको अनुपातमा यही माघ २६ गतेदेखि हकप्रद शेयर बिक्रीमा ल्याउने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३९ करोड २० लाख रुपैयाँ बराबरको ३९ लाख २० हजार ९२८ कित्ता सेयर बिक्री गर्ने भएको छ ।



कम्पनीले निष्कासन गरेको हकप्रदमा माघ ८ गतेसम्म कायम सेयरधनीहरुले आगामी चैत्र १ गतेसम्म आवेदन गर्नपाउनेछन् ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । इन्स्याेरेन्सका सेयरधनीले एनएमबि क्यापिटल, एनएमबि बैंकका सबै शाखा कार्यालय तथा आस्वा सेवा प्राप्त जुनसुकै बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय बाट हकप्रद सेयरका लागि आवेदन गर्न सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी ७८ करोड ४१ लाख ८५ हजार रुपैयाँ छ । हकप्रद निष्कासन तथा बाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब १७ करोड ६२ लाख ७८ हजार रुपैयाँ पुग्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।