चर्को व्याज तथा कर्मचारीको खर्चको वावजुत गरिमाको नाफा १३ प्रतिशतले बढ्याे

Jan 22, 2018 Merolagani

गरिमा बिकास बैंक (GBBL) ले दोब्बर बढेको व्याज खर्च र कर्मचारी खर्चका वावजुत आफ्नो खुद नाफा १३ प्रतिशतले बढाएको छ । निक्षेप अभावले चर्को व्याजदर निक्षेप उठाउँदा बैंकको व्याज तथा अन्य समग्र खर्च शिर्षक समेत बढ्न पुगेको छ । 

गत आर्थिक बर्षको दोस्रो त्रैमासमा १५ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको गरिमाको नाफा बढेर १८ करोड पाँच लाख रुपैयाँ पुगेको छ ।

दुई अर्ब ५३ करोड चुक्ता पूँजी रहेको गरिमाको १५ प्रतिशत बोनस वितरण पश्चात जगेडा कोष घटेर ४६ करोड ९९ लाखमा झरेको छ । पहिलो त्रैमासको अन्त्यमा बैंकको जगेडा कोष ६७ करोड २४ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा बैंकले १७ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरेर १५ अर्ब ७५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । व्याज खर्च दोब्बर बढ्दा बैंकको खुद व्याज आम्दानीमा साढे २७ प्रतिशतको मात्र वृद्धि देखिएको छ । बैंकले ४३ करोड ७९ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

कर्मचारी खर्च र अन्य सञ्चालन खर्च कटौतीमा गरिमा चुकेको छ । कर्मचारी खर्च ८४ र अन्य सञ्चालन खर्च ४० प्रतिशत बढीले बढेका छन् । बैंकले खराब कर्जा नोक्सानी लागि पाँच करोड ६० लाख व्यवस्था गर्दा ३४ लाख ४० हजार रुपैयाँ राइट व्याक गरेको छ ।

निष्कृय कर्जा अनुपातलाई ०.४७ प्रतिशतमा कायम गरेको गरिमाको प्रतिसेयर आम्दानी १४ रुपैयाँ २५ पैसा छ भने प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ५४ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात १३.६२ गुणा बढी रहेको छ जुन औसत हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।