गोर्खाज फाइनान्सको कमाईसँगै खराव कर्जाको अवस्था नकरात्मक

Jan 22, 2018 Merolagani

गोर्खाज फाइनान्सको खराव कर्जा बढेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा फाइनान्सको खराब कर्जा २.११ प्रतिशत बढेर ३.५८ प्रतिशत पुगेको हो । त्यस्तै कम्पनिको नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड ७० लाख २३ हजार खुद नाफा गरेकोमा अहिले दुई करोड २४ लाख ७० हजार रुपैंयाँ खुद नाफा गरेको हो ।

ब्याजको भुक्तानी तथा कर्मचारी खर्च बढेका कारण यस कम्पनिको नाफामा कमी आएको हो । गत आवमा १० करोड १९ लाख २४ हजार रुपैंया ब्याज खर्च गरेको फाइनान्सले अहिले १९ करोड २८ लाख ५२ हजार रुपैंयाँ व्याज खर्च गरेको छ । 

त्यसैगरी कम्पनिले गत आवमा एक करोड ८२ लाख ३९ हजार रुपैंया कर्मचारीका लागि खर्च गरेको थियो भने अहिले दुई करोड ९५ लाख ८७ हजार रुपैंया खर्च गरेको छ । यस अवधिमा कम्पनिको प्रतिशेयर आम्दानी ५ रुपैंया १८ पैसा र प्रतिशेयर नेटवर्थ १३९ रुपैंया ५७ पैसा कायम भएको छ ।

यस अवधिमा कम्पनीको समग्र पूँजी तथा दायित्व चार अर्ब ६७ करोड ८३ लाख १६ हजार रुपैंयाँबाट बढेर छ अर्ब २४ करोड ४५ लाख ३४ हजार पुगेको छ । कम ब्याजदरको अन्तर र आयको विविधिकरण राख्ने अवस्था कम्पनिको चुनौतिका रुपमा देखिएको छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।