मन्जुश्री फाईनान्समा देखियो आक्रमक प्रगतिको छनक

Jan 22, 2018 Merolagani

मन्जुश्री फाईनान्स (MFIL) ले चालु आवको दोस्रो त्रैमासमा सशक्त उपस्थिति देखाएको छ । फाइनान्स कम्पनीले गत बर्षको दाेस्राे त्रैमासिक अवधिको तुलनामा खुद नाफामा ७४.६८ प्रतिशतको आक्रमक सुधार गरेको हाे ।

फाइनान्सको कर्मचारी खर्च लगायत समग्र खर्चमा वृद्धि भएपनि गैरसञ्चालन आम्दानी दुई करोड ७७ लाख रुपैयाँले बढेपछि खुद नाफामा छलाङ वृद्धि देखिएको हो ।

गत बर्षको दोस्रो त्रैमासमा दुई करोड ३७ लाख खुद नाफा कमाएको फाईनान्सले चार करोड १४ लाख खुद नाफा गरेको हो । समिक्षा अवधिमा कम्पनीले चार अर्ब ८३ करोड निक्षेप संकलन गरि चार अर्ब ३९ करोड कर्जा परिचालनबाट सात करोड ४५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । फाइनान्सको निक्षेप ५२ र कर्जा लगानी ४८ प्रतिशतले बढेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

फाईनान्स कम्पनीहरुमध्ये मध्यम छबी बनाएको मन्जुश्री चुक्ता पूँजी ७२ करोड ४३ लाख रुपैयाँ र जगेडा कोषमा १३ करोड रुपैयाँ सञ्चित छ । राष्ट्र बैंकले तोकेको ८० कराेड पूँजी पुर्याउन ६ प्रतिशत बोनसले अपुग भएपछि कम्पनीले थप ५ प्रतिशत हकप्रद बेच्ने प्रक्रिया अगाडि बढाएको छ ।

निष्कृय कर्जा अनुपात २.३८ प्रतिशत रहेको फाइनान्सको प्रति सेयर आम्दानी ११ रुपैयाँ ४३ पैसा, नेटवर्थ ११९ रुपैयाँ २१ पैसा र मूल्य आम्दानी अनुपात १२.४२ गुणा बढी छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।