नेपाल कम्युनिटीको तीन लाख ७० हजार संस्थापक सेयर लिलामीमा

Jan 22, 2018 Merolagani

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक (NCDB) ले हकप्रदमा अवितरित तीन लाख ७० हजार २४३ दशमलव १६ कित्ता संस्थापक सेयर माघ १५ गतेदेखि लिलामी गर्ने भएको छ ।

बैंकले यसअघि पुस ७ गतेदेखि १६ गतेसम्म ६७ हजार १०६ दशमलव ६४ कित्ता साधारण र पाँच लाख ३० हजार २४१ दशमलव १६ कित्ता संस्थापक समूहको सेयर लिलामीमा ल्याएकोमा थियाे । साे समयमा साधारणा सेयर सबै बिक्री भएपनि अवितरित रहेको संस्थापक सेयर अहिले सर्वसाधारणले समेत आवेदन गर्न पाउने गरि लिलामी गर्न लागेको हो ।

इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ वा सोभन्दा बढी मूल्यमा न्यूनतम एक सय कित्तादेखि अधिकतम कित्ताका लागि माघ २६ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

बैंकको सेयर बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल, लाजिम्पाट रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकको प्रधान कार्यालयहरु लाजिम्पाट, लगनखेल र चिप्लेढुंगा पोखरा तथा नेपाल कम्युनिटीको कार्यालय बुटवल तथा सबै शाखा कार्यालयबाट आवेदन फारम बुझाउन सक्नेछन् ।

त्यस्तै धितोपत्र बोर्डको व्यवस्था अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढीमा पनि आवेदन दिन सकिने छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।