सम्र्पक कार्यालय उद्घाटन गर्दे नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले नेपालमा सञ्चालित बाणिज्य बैंकहरु मध्ये ग्लोबल आइएमई बैंकले पहिलोपटक संयुक्त अधिराज्य बेलायतमा सम्र्पक कार्यालय खोल्न सफल भएकोमा बधाई दिएका थिए ।
ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकले बेलायतमा सम्र्पक कार्यालय खोलेर हासिल गरेको नयाँ उपलब्धिले नेपालको आर्थिक बिकासमा नयाँ तरङग ल्याउने बिश्वास व्यक्त गरेका थिए । अन्य मुलुकहरुमा पनि सम्र्पक कार्यालयहरु संचालन गर्दै विदेशमा पनि शाखा कार्यालय विस्तारमा अगाडी बढ्ने उनको भनाई थियो ।
ग्लोबल आइएमई बैंकले संयुक्त अधिराज्य बेलायतमा सम्र्पक कार्यालय खोलेपछि कार्यालयले नेपाल तथा संयुक्त अधिराज्य बेलायतमा व्यवसायीहरु विच व्यापारिक एवं लगानी सम्वन्धी प्रवध्र्दनात्मक कार्यमा सघाउने अपेक्षा बैंकले लिएको छ । यसका साथै काम तथा पढाईको सिलसिलामा संयुक्त अधिराज्य बेलायत पुगेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स लगायत नेपाल संगको अन्य बैंकिङ्ग कारोबार गर्न सहज हुने बताइएको छ ।
बैंकले यसअघि अष्टेलियाको सिड्नी तथा भारतको नयाँ दिल्लीमा सम्र्पक कार्यालय खोलिसकेको छ । बैंकले ११३ शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ६० शाखा रहित बैंकिङ्ग सेवा माफर्त सेवा प्रदान गर्दे आएको छ ।