एनएलजी इन्स्योरेन्सको साधारणसभा फागुन ३ मा,बुक क्लोज कहिले ?

Jan 23, 2018 merolagani

एनएलजी इन्स्योरेन्स कम्पनी (NLG) ले फागुन ३ गते १२ औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले उक्त साधारणसभाबाट गत आर्थिक वर्षको कमाईबाट सेयरधनीलाई वितरण गर्ने लाभांस प्रस्तावका साथै समूह ख र ग का संचालक चयन गर्नेछ ।



कम्पनीले साधारणसभाट प्रस्तावित २५ प्रतिशत बोनस पारित गर्नेछ । कम्पनीले १२ करोड ८० लाख रुपैयाँको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै कम्पनीले बोनस बापतको करका लागि १.३१ प्रतिशत अर्थात ६७ लाख ४१ हजार ११६ रुपैयाँ नगद वितरण गर्ने भएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ५१ करोड २३ लाख रुपैयाँ छ । बोनसपछि कम्पनीको पूँजी ६४ करोड नाघ्नेछ ।

यस्तै ख वर्गबाट २, र ग वर्गबाट २ गरी ४ जना सञ्चालकको निर्वाचन हुने कार्यक्रम छ ।

साधरणसभा प्रयोजनका लागि इन्स्योरेन्सले माघ १८ गतेदेखि शेयर धनी दर्ता कित्ताब बन्द गर्देछ । कम्पनीले प्रस्ताव गरेको बोनस पाउन र साधारणसभामा भाग लिन माघ १७ गतेसम्म शेयरधनी कायम हुनुपर्नेछ । 

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।