कालिका माईक्रोको नाफामा कसरी आयो ५३ प्रतिशतको संकुचन ?

Jan 23, 2018 Merolagani

अघिल्लो आर्थिक बर्षमा ६० प्रतिशत बोनस वितरण गरेर ८ करोड रुपैयाँ चुक्ता पूँजी कायम गरेको कालिका माईक्रो केडिट डेभलपमेन्ट बैंक (KMCDB) को चालू आवको दोस्रो त्रैमासमा खुद नाफा ७४ लाख रुपैयाँले घटेको छ ।

गत आर्थिक बर्षको यस अवधिमा एक करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएकोमा ५३ प्रतिशतले घटेर अहिले ६५ लाख ४१ हजार रुपैयाँमा झरेको छ । साथै लघुवित्तको निक्षेप संकलन गत बर्षको यसै अवधिको तुलनामा १६ करोड ८८ लाख रुपैयाँ र कर्जा लगानी ४७ करोड २८ लाख रुपैयाँले बढेको छ । 

तीन गुणा बढी व्याज खर्च बढेपनि कम्पनीले तीन करोड ३८ लाखबाट खुद व्याज आम्दानी चार करोड १३ लाखमा बढाएको छ । कर्मचारी खर्च र अन्य सञ्चालन खर्चमा अाएकाे वृद्धि र खराब कर्जा अनुपात बढेर २.२३ प्रतिशतमा उक्लिएपछि गर्नुपरेकाे ९४ लाख रुपैयाँ संम्भावित कर्जा नोक्सानी व्यवस्थाले खुद नाफा घट्न प्रतक्ष्य असर परेको छ । यस अवधिमा कम्पनीले २३ लाख ७७ हजार राइट व्याक गरेको छ ।

लघुवित्त कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८६ पैसा, प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०८.५८ गुणा बढी रहेको छ । कम्पनीको पूँजी कोष २४ प्रतिशतबाट आधा घटेर १३.२५ प्रतिशतमा सीमित भएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।