सिद्धार्थ इन्स्योरेन्सको सेयरधनीले फागुन ८ गतेसम्म नगद लाभांश नलगे कम्पनी रजिष्ट्रारले लैजाने

Jan 23, 2018 Merolagani

सिद्धार्थ इन्स्योरेन्स कम्पनी (SIL) ले आर्थिक बर्षहरू २०६५/६६ तथा ०६६/६७ मा वितरण गरेको नगद लाभांश संकलन नगरेका सेयरधनीलाई लाभांश संकलन सूचना जारी गरेको छ ।

इन्स्योरेन्सले पटक पटक सूचना जारी गरेपनि केहि शेयरधनीहरु अझै रकम लिन नआएको भन्दै आगामी फागुन ८ गतेसम्म नगद लाभांश बुझिलिन अनुरोध गरेको छ ।

कम्पनीले सेयर रजिष्ट्रार एनएमबि क्यापिटल नागपाेखरी नक्सालमा गएर आफ्नो बाँकी नगद लाभांश लिनसक्ने जनाएको छ । सो समयसम्म लाभांश लिन नआएका सेयरधनीकाे लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने क्यापिटलले जनाएकाे छ । कोषमा जम्मा भएपश्चात लगानीकर्ताले क्यापिटल मार्फत लाभांश नपाउने कम्पनीले स्पष्ट पारेको छ ।

कम्पनी ऐन २०६३ को दफा १८२ को उपदफा ९ मा सार्वजनिक कम्पनीको साधारणसभाले पारित गरेको लाभांश ५ बर्षसम्म पनि शेयरधनीले नबुझेमा त्यस्तो रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने ब्यबस्था छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।