दोस्रो त्रैमासको विवरणले पनि उत्साह आएन सेयरबजारमा, नेप्से झर्यो १४ सय अंक मुनी

Jan 23, 2018 Merolagani

नेप्सेमा सूचीकृत संस्थाहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गर्ने क्रम चल्दै गर्दा सेयरबजारका लगानीकर्ता भने निरास बनेका छन् । सूचीकृत कम्पनीहरुले आशा लाग्दो वित्तीय विवरण सार्वजनिक नगरेपछि नेप्से तथा कारोबार रकम दुवैमा गिरावट देखिएको छ ।

मंगलबारसम्म चार वाणिज्य सहित एक दर्जन कम्पनीहरुले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

वाणिज्य बैंकममध्ये सिटिजन्स बैंक, सानिमा बैंक,सिद्धार्थ बैंक र लक्ष्मी बैंक सहित चार बैंकले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

जसमध्ये सिटिजन्स् बाहेक अन्य तीन बैंकको खुद नाफामा बढोत्तरी देखिएको छ । तर विगतमा हकप्रद बिक्री र बोनस बाँडेर पूँजी बढाएको अनुपातमा कमाई नबढ्दा प्रतिसेयर आम्दानी खस्किएको विवरण प्रस्तुत गरेका छन् । यी बैंकहरुकै विवरण हेरेर पनि अन्य बैंकहरुको पनि यस्तै प्रकारको विवरण आउने आँकलनमा लगानीकर्ता पुग्दा सेयर कारोबारमा गिरावट देखिएको छ ।

अर्कातर्फ कर्जा लगानी योग्य रकमको अभाव झेलेका बैंकहरुको समस्या समाधानका लागि ठोस पहल नचालिएको अवस्थामा आगामी दिनमा बैंक ब्याजदर बढ्ने त्रास लगानीकर्तामा कायमै रहेको छ । त्यस्तै मौद्रिक नीतिको अर्ध-बार्षिक समिक्षामा केही फेरबदल भैहाल्छ कि भन्ने आसामा पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामा देखिन्छ । अहिले बाणिज्य बैंकहरूकाे अाैसत कर्जा निक्षेप अनुपात नै ७७.८२ प्रतिशत रहेकाे छ ।

त्यस्तै आधादर्जन बढी कम्पनीको हकप्रद खुलिरहेको अवस्था, अक्सन मार्केट, दुई म्युचुअल फण्डको प्राथमिक निष्कासन र बुटवल पावर कम्पनीको आउँदै गरेको एफपिओका लागि समेत रकम जोहो गर्दा दोस्रो बजारको कारोबार बढ्न सकेको छैन ।

मंगलबार नेप्से परिसूचक ९.०५ अंकले घटेर १३९३.०४ अंकमा झरेको छ । यसदिन १६५ कम्पनीको ८ लाख २८ हजार कित्ता सेयर ३२ करोड २६ लाख रुपैयाँ बराबरमा कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा चार करोड कमी अाएकाे छ।

यसदिन  कारोबारमा आएको सबै समूहको परिसूचक घटेको छ । सानिमा माई हाइड्रोको सबैभन्दा बढी २ करोड ९२ लाख रुपैयाँको सेयर खरिदविक्री भयो । युनिलिभरको पनि दुई करोड बढीको कारोबार भएको छ ।


फर्स्ट माइक्रोफाइनान्स र वल्र्ड मर्चेन्ट फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै पाँच प्रतिशतका दरले कमाए । त्यस्तै सबैभन्दा धेरै गुमाउने कालिका क्रेडिट माइक्रो र एभरेष्ट इन्स्योरेन्सले पनि पाँच प्रतिशतकै दरले गुमाएका छन् । बजार घटेसँगै लगानीकर्ताकाे सम्पत्ती मापन गर्ने समग्र बजार पूँजीकरण १६ खर्ब  २८ अर्ब रूपैयाँमा समेटीएकाे छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।