वीरगञ्ज भन्सार कार्यालयद्धारा ६ महिनामा ५९ अर्ब राजश्व संकलन

Jan 23, 2018 RSS

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७४/७५ को पछिल्लो छ महिनामा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिएका सामानबाट रु ५९ अर्ब ३७ करोड ९७ लाख १२ हजार राजश्व संकलन गरेको छ । इन्धन र सवारी साधनबाट मात्र २९ अर्ब ७४ करोड ३१ लाख ४० हजार रुपैयाँ  राजश्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिए ।

चालु आवको पुस मसान्तसम्म वीरगञ्ज भन्सार कार्यालयले कुल राजश्वको आधाभन्दा बढी इन्धन र नयाँ सवारी साधनबाट उठाएको छ ।

कार्यालयले छ महिनामा मात्रै भारतबाट नेपाल भित्रिएका सवारी साधनबाट २१ अर्ब ७९ करोड रुपैयाँ र इन्धनबाट  सात अर्ब ९५ करोड १९ लाख रुपैयाँ  राजश्व संकलन गरेको छ ।

गत पुस मसान्तसम्म भारतबाट वीरगञ्ज भन्सार नाका भएर १८ अर्ब ७४ करोड ८० लाख रुपैयाँ  मूल्य बराबरको सवारी साधन नेपाल भित्रिएको थियो ।

चालु आवको छ महिनाको अवधिमा भारतबाट  ३५ अर्ब १० करोड ४५ लाख ९१ हजार रुपैयाँ को इन्धन, १६ अर्ब ८३ करोड १८ लाखको डिजेल, ६ अर्ब ५१ करोड ८९ लाख ३१ हजारको पेट्रोल, चार अर्ब ३० करोड ४८ लाख ५० हजारको हवाई इन्धन, ३१ करोड ८१ लाख ७९ हजारको मट्टितेल तथा  सात अर्ब १३ करोड सात लाख ७१ हजार रुपैयाँ को एलपी ग्यास नेपाल भित्रिएको छ ।

ग्यास उद्योगलाई  गुणस्तर प्रमाण चिन्ह लिन आदेश

गुणस्तर प्रमाण चिन्ह नलिई कानून विपरित सञ्चालनमा रहेको नारायणी अञ्चलका ग्यास उद्योगलाई सरकारले एक महिनाभित्र सो प्रमाण चिन्ह लिन समयसीमा तोकेको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले जनाएको छ ।

नारायणी अञ्चलमा रहेको १२ वटा ग्यास उद्योगमध्ये बाराको परवानीपुरमा रहेको मनोज ग्यास उद्योगले मात्र त्यस्ता प्रमाण चिन्ह लिएको र अन्य ११ वटा ग्यास उद्योगले कानूनी प्रक्रिया पूरा नगरेकाले एक महिनाभित्र सो प्रमाण चिन्ह लिन सरकारले आदेश दिएको कार्यालय प्रमुख राकेशकुमार झाले बताए ।

‘बोटनीङ प्लान’अन्तर्गत सञ्चालनमा रहेको त्यस्ता ग्यास उद्योग ठिक छ, छैन भन्ने सम्बन्धमा सरकारबाट गुणस्तर तथा आइएसओ प्रमाण चिन्ह लिनुपर्ने कानूनी व्यवस्था रहेपनि अधिकांश उद्योग प्रमाण चिन्ह नलिई कानून विपरित सञ्चालनमा रहेको सो कार्यालयले जनाएको छ ।

एक महिनाअघि वीरगञ्जको रघुनाथपुरमा रहेको सुपर ग्यास उद्योगमा आगलागी भई धनजनको क्षति भएपछि सरकारले यस्तो कदम चालेको हो ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।