अनुमति पाउसँगै कम्पनीले अब प्रकृया अगाडि बढाउनेछ । फाइनान्स कम्पनीले बोनसबाट मात्र चुक्ता पूँजी कायम गर्न नसकेपछि थप पाँच प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गत असोज २५ गते सम्पन्न विशेष साधारण सभाबाट पारित गरेको थियो ।
७२ करोड ४३ लाख ७९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको ६ प्रतिशत अर्थात चार करोड ३४ लाख ६२ हजार सात सय रुपैयाँ बोनस र पाँच प्रतिशत हकप्रदपछि ८० करोड ४० करोड ६० लाख रुपैयाँ पुग्नेछ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा फाइनान्सले चार कराेड १४ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४३ पैसा कायम गरेको छ ।