रिलायबलको प्रगति विवरणले बनायो निराश, अधिकांस सूचकमा गिरावट

Jan 24, 2018 merolagani

रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था (RMFL) ले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा सामान्य मुनाफा बढाइएको वित्तीय विवरण सार्वजनिक गरेको छ । तर कम्पनीको खुद ब्याज आम्दानी, संचालन मुनाफा, प्रतिसेयर आम्दानी तथा नेटवर्थ जस्ता महत्वपूर्ण सुचकहरु भने ओरालो लागेका छन् ।



रिलायबल माइक्रोफाइनान्सले दोस्रो त्रैमाससम्ममा ७४ लाख ७० हजार खुद मुनाफा गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिभन्दा ३.७७ प्रतिशत बढी हो । कम्पनीको सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी घटेपनि खराब कर्जा संकलन गर्न सफल भएपछि खुद नाफा बढ्न टेवा पुगेको हो ।

कम्पनीको खुद ब्याज आम्दानी २.५ प्रतिशतले घटेको छ भने सञ्चालन मुनाफा १५.२६ प्रतिशतले घटेको छ । माइक्रोफाइनान्सले यो अवधिमा २ करोड ५१ लाख खुद ब्याज आम्दानी गरेको छ, यस्तो आम्दानी अघिल्लो वर्ष २ करोड ५८ लाख रहेको थियो ।

समीक्षा अवधिमा यो माइक्रोफाइनान्सले २४ करोड १४ लाख निक्षेप संकलन गरी ६१ करोड ६६ लाख सापटी लिई ६६ करोड ३१ लाख कर्जा परिचालन गरेको छ ।

निष्क्रिय कर्जा १.३० प्रतिशत रहेको कम्पनीले यसअवधिमा २१ लाख ५५ हजार खराब कर्जा संकलन गर्न गरेको उठाएको छ ।

अघिल्लो वर्ष यही अवधिमा ११ करोड ९२ लाख निक्षेप संकलन तथा ३८ करोड २९ लाख सापटी लिई ३९ करोड ९० लाख कर्जा प्रवाह गरेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ५५ पैसा, प्रतिसेयर नेटवर्थ १२३.२८ रुपैया, मूल्य आम्दानी अनुपात १००.२८ पुगेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।