निक्षेप अभावले दोब्बर बढेको व्याज खर्चको बाबजुत बैंकले खुद व्याज आम्दानी ६३ लाख तथा सञ्चालन आम्दानी साढे १२ लाख रुपैयाँले बढाएको छ ।
गत बर्षकाे दाेस्राे त्रैमासकाे तुलनामा बैंकको पूँजी १६६.४०, निक्षेप २०.१६, र कर्जा लगानी २८.४४ प्रतिशतले बढेको छ ।
चुक्ता पूँजी ५१ करोड ९२ लाख रुपैयाँ रहेको बैंकले ६ महिनाको अवधिमा तीन अर्ब १५ करोड ५८ लाख रुपैयाँ निक्षेप संकलन गरि दुई अर्ब ८९ करोड ९० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
शून्य दशमलव २७ प्रतिशत निष्कृय कर्जा अनुपात रहेको मिसनले ६५ लाख रुपैयाँ संम्भावित कर्जा नोक्सानी वापत व्यवस्था गरेको हो । पूँजी कोष अनुपात १२ बाट १८ प्रतिशतमा बढाएको बैंकको जगेडा कोषमा आठ करोड रुपैयाँ सञ्चित रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४४ पैसा, प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ४१ पैसा, कर्जा निक्षेप अनुपात ७७.२० प्रतिशत र बेस रेट १२.७६ प्रतिशत रहेको छ । बैंकको कोषको लागत गत बर्षको अवधिको तुलनामा २.२४ प्रतिशतले बढेर ८.७१ प्रतिशतमा उक्लेको छ ।