सिन्धु विकासको लिलामीको संस्थापक सेयरमा आवेदन गर्ने आज अन्तिम दिन

Jan 24, 2018 merolagani

सिन्धु विकास बैंक (SINDU) ले लिलामीमा राखेको ५ लाख ३८ हजार ३०२ कित्ता संस्थापक सेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । ८० प्रतिशत हकप्रद बिक्री गर्दा अवितरित सेयर लिलामी बढाबढमा विक्रीमा राखेको थियो ।



बैंकको सेयर विक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले एनआईबिएल क्यापिटल मार्केट्स लाजिम्पाट, शाखा कार्यालयहरु लगनखेल र पोखराको चिप्लेढुङ्गाबाट लिलामी आवेदन गर्न सक्नेछन् ।

सिन्धुको यो लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गनुपर्नेछ ।

त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, वीरगञ्ज, सुर्खेत, नेपालगञ्ज, बुटबल, नारायणगढ र धनगढीबाट समेत लिलामी भर्न सकिने बिक्री प्रवन्धकले जनाएको छ । २६ करोड २१ लख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको हकप्रद पूँजीकरणपछि चुक्ता पूँजी ४७ करोड १९ लाख नाघ्नेछ ।

बैंकले लिलाममा राखेको संस्थापक सेयरमा सर्वसाधारणले समेत आवेदन गर्न पाउनेछन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।